पाकिस्तान क्रिकेट बोर्ड द्वारा सिनियर खेलाडिको फिमा बृद्दी

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्ना सिनियर क्रिकेटरहरुको म्याचफि मार्फत प्रप्त गर्ने रकम बढाएको छ ।

पीसीबीले शोएब मलिक, मोहम्मद हफीज, वहाब रियाज र मोहम्मद आमिरले कुनै अन्तराष्ट्रिय खेल खेले बापत प्राप्त गर्ने रकम बढाएको हो ।

पाकिस्तानको घरेलु प्रतियोगिता पाकिस्तान टि २० कपका दैरान स्वास्थ्य सुरक्षका कारण देखाउँदै शोएब मलिक, मोहम्मद हफीज, वहाब रियाज र मोहम्मद आमिरले प्रतियोगिता खेल्न अस्कार गरेका थिए ।

पीसीबीले उनिहरु बोर्ड विरुद्ध गएको भन्दै चारै जनालाई केन्द्रीय सम्झैताबाट हटाएको थियो । केन्द्रीय सम्झैतामा नभएकाले पीसीबीले चारै सिनियर खेलाडीहरुलाई अब ‘ए’ श्रेणीका क्रिकेटरहरूलाइ प्रदान गर्ने म्याचफि दिने भएको छ । यस अघि उनिहरुलाई ‘सी’ श्रेणीका क्रिकेटर बराबर म्याच फि भुक्तान गरीदै आईएको थियो ।

यस अघि उनिहरुलाई एकदिवशियमा २ लाख २ हजार पाकिस्तानी रुपैयाँ र टी २० अन्तर्राष्ट्रियको लागि यस रकम भन्दा केही कम म्याच फि भुक्तान गरीदै आईएको थियो ।

पीसीबीले चारै सिनियर खेलाडीहरुलाई ‘ए’ श्रेणीका क्रिकेटरहरूलाई प्रदान गर्ने म्याच फी दिने निर्णय गरे संगै उनिहरुले एकदिवशिय अन्तर्राष्ट्रिय खेले बाफत ४ लाख ६० हजार पाकिस्तानी रुपैयाँ र टी २० खेले बाफत ३ लाख ३० हजार पाकिस्तानी रुपैयाँ म्याच फि स्वरुप प्रप्त गर्ने छन् ।

यो पनि पढ्नुहोस्ः  वेष्ट ईडिण्ज टीमको नयाँ जर्सी सार्बजनिक