ब्ल्याक बक क्रिकेट क्लबले टेनिसबल क्रिकेट प्रतियोगिता आयोजना गर्ने

काठमाण्डौ । ब्ल्याक बक क्रिकेट क्लब काठमाण्डौले टेनिसबल क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आईतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

काठमाण्डौको किर्तिपुर स्थीत ल्याब्रोटरी स्कुलको खेल मैदानमा आयोजना गरीने प्रतियोगिता मङ्गसिर १८ गतेबाट सुरु हुने छ ।
प्रतियोगितामा देश भरका सबै क्रिकेट क्लबहरु सहभागिता जनाउन सक्ने र मङ्गसिर १० गते सम्म टिम दर्ता गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रथम हुने टोलिले ५० हजार नेपाली रुपयाँ नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र पाउने छन्, भने सहभागी हुन इच्छुक टोलीहरुले मात्र ६ हजारमा आफ्नो टिम दर्ता गर्न सक्नु हुनेछ ।

प्रतियोगिताको उपविजेताले ३० हजार नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रारम्भिक चरणका खेलहरु १६ ओभरको खेलाईने तथा सेमीफईनबाट खेल टि २० फम्र्याटमा आयोजना गरीने ब्ल्याक बक क्रिकेट क्लबका अध्यक्ष प्रवेश मल्लले मेरोखेल डटकमलाई जनकारी गराए ।

प्रत्येक खेलमा म्यान अफ दि म्याच अवार्ड प्रदान गरीने छ , भने प्रतियोगितामा उकृष्ट ब्याटीङ र बलिङ गर्ने खेलाडीलाई बेस्ट ब्याट्सम्यान र बेस्ट बलरको अवार्डले सम्मान गरीने छ ।

‘कोरोना कहर बिच सरकारले खेलकुद गतिविधी सुचारु गर्ने अनुमती दिएसंगै क्लवले टेनिस बल क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो’, क्लबका अध्यक्ष प्रवेश मल्लले भने ।

‘ब्ल्याक बक क्रिकेट क्लबको मुख्य उद्देश्य क्रिकेट मार्फत सामाजिक सद्भाव, मित्रता र भाईचाराको सम्वन्ध बिस्तार गर्नु हो, त्यसकारण हामीले यो प्रतीयोगिता आयोजना गरेका हौं’, मल्लले थपे ।

प्रतियोगिताले स्थानिय स्तरमा राम्रो क्रिकेटीङ क्षमता भएका खेलाडीहरुलाई क्षेत्रिय तथा राष्ट्रि स्तरको क्रिकेटमा आफ्नो स्थान सुरक्षीत गर्न महत्वपुर्ण भुमीका खेल्ने मल्लको विश्वास छ ।

मल्ल भन्छन् , ‘ ब्ल्याक बक क्रिकेट क्लबले स्थानिय स्तरका क्रिकेटरहरुलाई क्षेत्रिय तथा राष्ट्रिय स्तरको क्रिकेटसम्म पुर्याउन लिङ्क ब्रिजको काम गर्दछ । यो प्रतिभावान क्रिकेटरहरुका लागी त्यो प्ल्याटफर्म हो जस्ले उहिरुको क्षमताको कदर गरी खेलाडिहरुलाई उचित स्थानसम्म पुर्याउन महत्वपुर्ण भुमिका खेल्छ ’ ।

टेनिसबल प्रतीयोगिता पश्चात सीजन बल क्रिकेटको आयोजना गर्ने तयारी गरेको ब्ल्याक बक क्रिकेट क्लब बारे थप जानकारी प्रप्त गर्ने र फोनबाटै टिम दर्ता गर्न ईच्छुक टिमहरुले क्लव अध्यक्ष प्रवेश मल्ल ९८१८४४५८५५, जनब बिस्ट ९८४८७१४२४७ र अभिनाष खड्का ९८०१२२३३०३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्ः क्यान प्रधानमन्त्री कप आयोजनाको तयारिमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :