क्यान प्रधानमन्त्री कप आयोजनाको तयारिमा

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट (पिएमकप) डिसेम्बर अन्तिममा आयोजना गर्ने तयारी थालेको छ ।

कोरोना महामारीका कारण विगत ९ महिनादेखि प्रतियोगिता बिहिन नेपाली क्रिकेटलाई पिएमकप मार्फत चलाएमान बनाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मेरोखेल डटकमलाई जानकारी दिए ।

‘क्यान पिएमकपको तयारीमा जुटेको छ । हामी यसकालागी आन्तरीक तयारीमा छौं । सबै कुरा सही रहे डिसेम्बर अन्तिमसम्म प्रतीयोगिता सम्पन्न गरीसक्ने छौं, चन्दले भने । ’

क्यानले पिएमकप आयोजना गर्ने भने पनि जिल्ला देखि प्रदेश सम्मका छनोट खेलहरु हुन बाँकि छ, भने पिएमकप सुरु हुन डेढ महिना मात्र बाँकी रहेको छ ।

कोरोना महामारीको कारण जिल्लाबाट छनोट गर्न असम्भव छ । त्यसकारण हामी सीधै प्रदेशबाट छनोट खेलहरु सुचारु गर्ने छौं । चन्दले भने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पिएमकपको लागि ४० लाख रुपैयाँ छुट्याएको छ । अन्य रकमको लागी क्याले प्रायोजन खोज्ने तयारी थालेको छ ।

प्रतियोगिता मुलपानी र टीयू क्रिकेट मैदानमा हुने छन् , भने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरि कुल १० टीमहरुको सहभागिता रहने छ ।

२०१७ देखि सुरु भएको प्रतियोगिताले अझै राष्ट्रिय प्रतियोगिताको मान्यता पाएको छैन । क्यान निलम्बनमा हुँदा राखेपले पिएमकप आयोजना गरेको थियो ।

यो पनि पढ्नुहोस्ः ब्ल्याक बक क्रिकेट क्लबले टेनिसबल क्रिकेट प्रतियोगिता आयोजना गर्ने