रिक्सा चालक बुवा र क्रिकेटर छोराको कथा

एजेन्सी ।  भारतीय तिब्र गतिका बलर मोहमद सिराज अहिले शोकमा छन्, त्यो भन्दा ठुलो राष्ट्रिय टेस्ट क्रिकेट टोलीमा डेब्युको प्रतिक्षामा छन् । अष्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टिमसंगै रहेका सिराजले डिसेम्बर १७ देखि हुने टेस्ट सिरिज पर्खनु पर्नेछ । मोहमद सामी, जसप्रित बुम्राह लगायतका बलर टिममा रहँदा उनको डेब्युको सम्भावना कम देखिन्छ, तर उनको पछिल्लो आत्मबल र आत्मविश्वास देख्दा डेब्यु खेल खेल्नेमा उनी आफू चाहिँ सम्भवतः ढुक्क छन् ।

दुईदिन अघि उनी सबैभन्दा ठुलो दुखमा थिए । अष्ट्रेलियासँगको सिरिजका लागि भारतीय टिममा रहेका बलर सिराजका पिताको शुक्रबार निधन भएको थियो । यूएईमा इण्डियन प्रिमियर लिग (आइपीएल) खेलेर उतैबाट अष्ट्रेलिया पुगेका सिराजले आफ्ना पिताको निधनको खबर अभ्यासबाट होटल फर्किएपछि थाहा पाए, तर बुबाको अन्तिम संस्कारका लागि स्वदेश फर्कन पाएनन् ।

सिराज र उनका स्वर्गीय बुबा मोहमत घोष क्रिकेट भनेपछि मरिहत्ते गर्थे । सिराज अहिले जुन स्थानमा छन् यो सबैको श्रेय उनका बुबालाई जान्छ । किनकी बुबाले रिक्सा चलाएर छोरा सिराजलाई क्रिकेटर बनाए ।

सिराज कहिलेकाही सम्झन्छन्, ‘यो अभावको जिन्दगीलाई भारतीय क्रिकेट टिमसम्म कसले पुर्यायो ?’ ‘पक्कै पनि बुबाको त्याग र मायाँले’, सिराज भन्छन्, ‘म बुबाको सपना पुरा गर्ने बाटोमा छु ।’ 

घोषको निधनपछि केही भारतीय समाचार माद्यममा समेत बुबा छोराको सम्बन्धबारे चर्चा भएको थियो । भारतीय समाचार माद्यममा उल्लेख भए अनुसार घोष छोरो सिराजलाई भारतीय टेस्ट टिममा खेलेको हेर्न चाहान्थे । सिराज पनि बुबाको सपना पुरा गर्ने बाटोमा थिए । उनी केही खेलमात्र टाढा थिए, तर सिराजको प्रदर्शनलाई कहिलै नहेर्ने गरेर पिता घोषको निधन भयो । सिराजले यसअघिनै टि–२० र एकदिवसियमा भने डेब्यु गरिसकेका थिए ।

यतिमात्र होइन, सिराजले पनि आफ्ना पिताको अन्तिम पटक अनुहार हेर्न पाएनन् । उनी अष्ट्रेलियाबाट फर्कन नपाउने भएपछि पिताको दाहसस्कारमा समेत सहभागि हुन सकेनन् ।

रोयल च्यालेन्जर्स बैंग्लोरबाट आइपीएल खेलिरहेका सिराजलाई बुबा घोषले रिक्सा चलाएर खर्च जोहो गर्दै क्रिकेट खेल्न सिकाएका हुन् । निकै गरिव परिवारको प्रतिनिधित्व गर्ने सिराजलाई सन् २०१५ सम्म बुबाले खर्च उपलव्ध गराउँथे भन्दा फरक पर्दैन । सिराजले २०१५–१६ मा रणजी ट्रफी खेल्न थालेपछि भाग्य चम्किएको हो । २०१६–१७ को रणजीमा त उनको खेल कमाल नै थियो । सिराजले उत्त संस्करणको रणजीमा हैदराबादका लागि ४१ विकेट लिँदै आइपीएलमा सनराइजर्स हैदराबाद टिमको यात्रा तय गरेका थिए । 

त्यसपछि रोयल च्यालेन्जर्स बैंग्लोरसंग अनुबन्ध भएका सिराजले भारतका लागि टि–ट्वेन्टी आईमा डेब्युको मौका पाइसकेका छन् । सुरुवातमा भारतीय बी टोलीमा राखिएका सिराजले नोभेम्बर २०१७ मा न्युजिल्याण्डविरुद्ध खेल्दै राष्ट्रिय टोलीका लागि सिमित ओभरको क्रिकेटमा सबैभन्दा पहिले डेब्यु गरेका थिए । सिराज अब टेस्ट क्रिकेटमा डेब्युको पर्खाइमा छन् ।

यही पर्खाइकोबीचमा सिराजले आफुलाई महत्तवपूर्ण सहयोग पुर्याउने बुबा गुमाएका छन् । मोहमद घोष लामोसमयदेखि फोक्सोको समस्याबाट गुज्रिरहेका थिए । सिराजको परिवारमा यो भन्दा पहिले पनि अर्को दुख थपिएको थियो । सिराज सात बर्षको हुँदा उनका दाइको पनि निधन भएको थियो । त्यसपछि उनको क्रिकेट खेल्ने चाहनामा बुबाले निकै दुख गरेर सघाएका थिए ।

‘मलाई मेरो बुबाले निकै दुखका साथमा क्रिकेटर बनाउनु भएको हो । मलाई थाहाछैन अब मेरो खेल बुबाको नजरमा पर्छ पर्दैन, तर म संधै यही प्राथनामा हुने छु, कि बुबा म तपाईको सपना साकार गर्नेछु ।’  सिराजले भनेका छन् ।

यो पनि पढ्नुहोस्ः  फखर जमान न्युजिल्याण्ड विरुद्धको भ्रमण सीरीजबाट बाहिरीए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :