भिनिसियसको दुई गोलको मद्दतमा टोटनहमको सहज जित

एजेन्सी । भिनिसियसको दुई गोलको मद्दतले टोटनहम युरोपा लिग फुटबलमा सहज जित निकाल्न सफल भएको छ ।

युरोपा लिग अन्तर्गत बिहिवार राती सम्पन्न खेलमा टोटनहमले बुल्गेरिएन टोलि लुडोगोरेट्सलाई ४–० गोल अन्तरले ले पराजित गरेको हो ।

लुडोगोरेट्स आफ्नै घरेलु मैदानमा समालिन नसक्दा पराजयको सामना गर्न बाध्य भएको हो । टोटनहमको जितमा खेलको १६ औं मिनेटमा भिनिसियसले गोल गोल गरे । उनले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको टोटनहमको सानदार जितमा खेलको ६३ औं मिनेटमा ह्यारी विंक्सले गोल गरे भने ७३ औं मिनेटमा लुकास मौराले गोल गर्दा टोटनहम ४–० ले बिजई भएको हो ।

जितसँगै समूह जे को टोटेनहमले ४ खेलमा ३ जित सहित ९ अंक जोडेको छ, भने टोटनहम जित सहित समूहको दोस्रो स्थानमा रहेको छ । समान खेलखेलेको लुडोगोरेट्स जित बिहिन छ र ऊ अंक विहीन रहँदै समुह तालिकाको पुछारमा रहेको छ ।

यो पनि पढ्नुहोस्ः  जब नापोलीका खेलाडी माराडोनाको जर्सी लगाएर मैदानमा आए !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :