म्याराडोनाको पार्थिव शरीरको अन्त्येष्टि

एजेन्सी । महान फुटबलर तथा मिडफिल्डर डिएगो म्याराडोनाको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ । शुक्रबार बिहान एक निजी समारोहकाबिच ब्युनस आयर्सको चिहान घरमा म्याराडोनाको पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो ।

६० वर्षीय म्याराडोनाको गत बुधबार हृदयघातका कारण निधन भएको थियो ।

म्याराडोनाको निधनपछि अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा समेत गरिएको छ । अर्जेन्टिनी सरकारले म्याराडोनाको निधनसंगै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको थियो ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार म्याराडोनाको अन्त्येष्टि समारोहमा परिवारका सदस्य, आफन्त र नजिकका साथी गरि झण्डै दुई दर्जन मानिस सहभागी भएका थिए ।

म्याराडोनाको शव अन्त्येष्टिका लागी लगिदै गर्दा ठूलो संख्यामा उपस्थित भएका समर्थकहरुले उनको अन्तिम बिदाई गरेका थिए । अधिकांशका आँखा रसाएका थिए भने उनीहरुले म्याराडोनाको शव तर्फ चुम्बन समेत गरेका थिए ।

यो पनि पढ्नुहोस्ः  म्याराडोनाको निधनसंगै अर्जेन्टिनामा राष्ट्रिय शोक घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :