क्रिकेटर रोहित पौडेल कोरोना मुक्त

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेटर रोहित पौडेल कोरोना मुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले गत मंगलबार गरेको खेलाडी,प्रशिक्षक तथा स्टाफहरुको कोरोना परिक्षणमा रोहिताको नतिजा पोजिटिभ आएको थियो । रोहितले आफू कोरोना मुक्त भएको फेसबुक मार्फत जानकारी गराएका हुन् ।

मंसिर ९ गते क्यानले गराएको कोरोना परिक्षणमा रोहितसँगै कप्तान ज्ञानेन्द« मल्ल र उपकप्तान दिपेन्द«सिंह ऐरीलाई कोरोना संक्रमण देखिएको थियो ।

यसबाहेक सुवास खकुरेल,वसन्त रेग्मी,सन्दिप लामिछाने र करण केसीले अझै पनि कोरोना परिक्षण गराएका छैनन् ।

कोरोना परिक्षणको नतिजा एकदिन ढिलो गरी आएपछि क्यानले मंसिर १० गते बोलाएको बन्द प्रशिक्षण बिहिबार मंसिर ११ गतेबाट किर्तिपु्रस्थित टि यु क्रिकेट मैदानमा शुरु भएको हो ।

वसन्त रेग्मीलाई यसअघि नै कोरोनाको संक्रमण देखिएको थियो ।

क्यानले रोहिथसहित तीन जना खेलाडीको कोरोना नतिजा पोजिटिभ आएपछि थप ५ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समावेश गरेको छ । समावेश हुने खेलाडीहरुमा विक्रम शोब,रित गौतम,अनिल शाह,कुशल भुर्तेल र लोकेश बम रहेका छन् ।

यो पनि पढ्नुहोस्ः कप्तान ज्ञानेन्द« मल्ल कोरोना मुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :