ब्याडमिन्टन संघमा रकम दुरुपयोग, अध्यक्ष रामजी संलग्न !

लक्ष्मी शाक्य

काठमाण्डौं । नेपाल ब्याडमिन्टन संघ (एनबिए) को खातामा जम्मा भएको रकम दुरुपयोग भएको छ । ब्याडमिन्टन विश्व महासंघ (बीडब्लुएफ) ले गत नोबेम्बर २४ तारिखमा नेपाल ब्याडमिन्टन संघलाई प्रदान गरेको सहयोग रकमको दुरुपयोग भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सुस्त बनेको ब्याडमिन्टन गतिविधि चलायमान बनाउन भनी बीडब्लुएफले नेपाललाई आर्थिक सहयोग गरेको थियो । महासंघले आफ्ना प्रतिनिधि राष्ट्रहरुको ब्याडमिन्टन विकासका लागि सहयोग गर्दा नेपाललाई पनि ५ हजार अमेरिकी डलर सहयोग गरेको थियो । तर, प्राप्त सहयोग मध्धे झण्डै २ लाख रकम अनावस्यक स्रोतमा खर्च भएको छ ।

आफ्ना सय भन्दा बढि सक्रिय सदस्य राष्ट्रहरुलाई ब्याडमिन्टन विश्व महासंघबाट सहयोग आएपछि संघको खातामा ५ लाख भन्दा धेरै नेपाली रकम जम्मा भएको थियो । तर, कोरोना महामारीको समयलाई केन्द्रित गर्दै प्रतियोगिताहरु संचालनको लागी भनी आएको रकमबाट १ लाख ९४ हजार रुपैयाँ नेपाल ब्याडमिन्टन संघले खर्च गरिसकेको छ ।

अध्यक्ष रामजी श्रेष्ठ बाटै रकम दुरुपयोग !
मेरो खेललाई प्राप्त जानकारी अनुुसार रकम दुरुपयोगमा संघका अध्यक्ष रामजी श्रेष्ठ संलग्न छन् । ब्याडमिन्टन संघको नेतृत्ववर्गका पदाधिकारीको कार्यप्रति चर्को आलोचना हुँदै आएको समय संघका अध्यक्ष श्रेष्ठले रकम समेत दुरुपयोग गरेको भेटिएको हो । उनले संघकै अन्य पदाधिकारीलाई पत्तो नदिई तथा औपचारिक जानकारी नगराई सहगोग रकम आफुखुसी खर्च गरेका छन् ।

यसअघि मेरो खेलसंगको कुराकानीमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठले प्राप्त सहयोग रककमार्फत विभिन्न सिनियर तथा जुनियर प्रतियोगिताहरु संचालन गर्ने बताएका थिए । तर, संघको खातामा रमक जम्मा भएको केही दिनमा अध्यक्ष श्रेष्ठले विभिन्न शिर्षकमा चेक काट्न लगाएको संघका कोषाध्यक्ष अनोज बस्नेतले बताए । उनका अनुसार अध्यक्षले अहिलेसम्म आफुखुसी चार वटा चेक काट्न लगाएका छन् ।

कुनकुन शीर्षकमा कहिले काटियो चेक
बीडब्युएफबाट प्राप्त सहयोग रकमबाट संघका अध्यक्षले बिभिन्न शीर्षमा तिरोभरो गरेका छन् । अध्यक्षको संलग्नतामा ब्याडमिन्टन संघले उपाध्यक्ष मिन केशीसँग १ लाख ऋण लिएको भन्दै उक्त ऋणबापत केशीको नाममा १ लाखको चेक काटेको छ । यस्तै नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज गर्दा लागेको खर्च बापत होटल कप्पोर्टको नाममा २९ हजारको चेक काटिएको छ । यस्तै होटल प्लेजरको नाममा ४० र ट्रफि वितरण शिर्षकमा २५ हजारको चेक भुत्तानी भएको छ । यी चारवटै चेक मंसिर १० गते काटिएका छन् ।

‘अध्यक्षले माथि उल्लिखित शिर्षकमा चेक काट्नु भन्नु भयो त्यसैले मैले काटेको हुँ’ , यसबारे बुझ्न खोज्दा मेरो खेलसंग कोषाध्यक्ष बस्नेतले भने, ‘प्रतियोगिता संचालनका लागि संघको खातामा जम्मा भएको पैसा रहेछ, त्यो विषयमा मलाई थाहा नै थिएन ।’

त्यस्तै चेक काटिएको बिषयमा संघका अन्य पदाधिकारी पनि बेखबर छन् । संघका उपाध्यक्ष सुवास श्रेष्ठले संघको खातामा आएको सहयोग रकमबारेमा अध्यक्षले आफुलाई जानकारी नै नगराएको बताए ।

‘कोरोना महामारीले लामो समयदेखि बन्द खेलकुद गतिविधि संचालनको लागी भनेर बीडब्लुएफले ५ हजार अमेरिकी डलर नेपाल ब्याडमिन्टन संघलाई सहयोग रहेको रहेछ,’ श्रेष्ठले भने, ‘यो कुरा मैले सञ्चार माध्ययममा प्रकाशित समाचार देखेर थाहा पाएँ । अध्यक्षले संघका पदाधिकारीहरुसँग सल्लाहनै नगरी प्राप्त रमकबाटै खर्च हुनेगरी बिभिन्न शीर्षकमा चेक काट्न लगाउनु भएको रहेछ ।’

अध्यक्षको यस्तो कामले संघनै बैमानि ठहरिएको श्रेष्ठले बताए ।

अध्यक्षले आफुखसी चेक काट्न लगाएपछि संघमा अहिले खैलाबैला मच्चिएको छ । धेरै पदाधिकारीहरु अध्यक्षले आफुखसी चेक काट्न लगाएको, रकम हिनामिनाको प्रयास गरेको, सहयोग रकमको चरम दुरुपयोग भएको भन्दै विरोधमा छन् ।

‘अध्यक्षको यस्तो गैरजिम्मेवारीपूर्ण कामको विरोधसहित के गर्ने भन्ने विषयमा संघका पदाधिकारीहरुबीच स्लाह हुँदैछ ।’ श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः  खेल सामाग्रीमा ब्यापक हिनामिना,ब्याडमिन्टन खेलाडीले बुझाए राखेपमा उजूरी
यो पनि पढ्नुहोस्ः  ब्याडमिन्टन संघमा अवैधानिक पदाधिकारीतन्त्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :