पाकिस्तानी क्रिकेट टिममा कोरोना संक्रमणमित खेलाडि थपिए

एजेन्सी । न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टिमका अर्का एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार आएको रिपोर्ट अनुसार पुनः एक खेलाडीमा कोरोना संक्रमण देखिएको हो । यस अघि बिहिबार गरिएको परिक्षणमा पाकिस्तानका ६ जना खेलाडीहरुमा कोरोना पोजेटीभ देखिएको थियो । यद्यपी  संक्रमीत हुने खेलाडीको परिचय खोलिएको छैन ।

पाकिस्तानी क्रिकेट टिम सीरीजका लागि अहिले न्युजिल्याण्डमा छ । खेलाडीसहितको टोली न्युजिल्याण्डमा क्यारेन्टिनमा बसेका छन्। उनीहरुले दैनिक अभ्यासलाई पनि निरन्तरता दिएका छन् । यो समयमा महत्वपूर्ण केही खेलाडीहरुमा भने कोरोना देखिएको हो । यसअघि सरफराज खानसहितका स्तरिय केही खेलाडीलाई कोरोना भएको थियो । पाकिस्तानले संक्रमित खेलाडीहरुलाई कवारेन्टिनमा राखेको छ भने बाँकी खेलाडीहरु अहिले पनि निरन्तर अभ्यासमा छन् ।

पाकिस्तानी खेलाडीहरुमा कोरोना देखिएको र केही खेलाडीले अभ्यास पनि गरिरहेको सन्दर्भमा शुक्रबार न्युजिल्याण्ड क्रिकेट बोर्डले पाकिस्तानी खेलाडीहरुले कोरोना प्रोटोकल उल्लंघन गरेको आरोप समेत लगाएको थियो । उनिहरुले क्वारेन्टाइनमा सामाजिक दूरी जस्ता नियमहरूको पालना नगरेको बोर्डको गुनासो थियो ।  यस पछि, न्युजिल्याण्ड सरकारले शुक्रबार चेतावनी दिदै टोलीले प्रोटोकल फेरि तोडे फिर्ता पठाउने बताएको थियो ।

न्युजिल्याण्डको चेतावनी पछि सचेत बनेको पाकिस्तानले अहिले  कोरोना संक्रमित सातै जना खेलाडीहरुलाई क्रिस चर्चको एक होटेलमा आईसोलेसनमा राखेको छ ।

बबर आजमको नेतृत्वमा २४ नोभेम्बरमा न्युजिल्याण्ड प्रस्थान गरेको पाकिस्तानले न्युजिल्याण्डविरुद्ध १८ डिसेम्बरदेखि अकल्याण्डमा ३ टी २० र २ टेस्ट खेलको श्रृङखला खेल्ने छ ।

यो पनि पढ्नुहोस्ः  वेष्टइण्डिज क्रिकेट बोर्डको अनुगमन टोली बंगलादेशमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :