महिला बिग ब्यासको उपाधि सिड्नीलाई

एजेन्सी ।  छैटौँ संस्करणको महिला बिग ब्यास लिग (डब्लुबीबीएल) को उपाधि सिड्नी थण्डरले जितेको छ । नर्थ सिड्नी ओभलमा सम्पन्न फाईनल खेलमा थण्डरले मेलबर्न स्टार्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

मेलबर्न स्टार्सले दिएको ८७ रनको लक्ष थण्डरले ३ विकेट गुमाउँदै १३ दशमलव ४ ओभरमा पुरा गर्यो । थण्डरको जीतका लागी हर्थर नाईटले २६ र कप्तान राचेल हेन्सले २१ रनको अभिजित पारी खेलिन् । रिचेल ट्रेनम्यानले २३ रन र ट्यानी बेमाण्डले १६ रनको योगदान दिईन् । मेलवर्नका लागी क्थरिन ब्रन्ड, आलेना नाइट र टेस फ्लिन्टफले समान १–१ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ्ग गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ८६ रन मात्र बनाउन सक्यो । स्टार्सका लागी क्थरिन ब्रन्डले २२ रन र एनाबेल सलरल्याण्ड २० रन बनाउनु बाहेक अन्य खेलाडी राम्रो प्रदर्शन गर्न सकेन । उसका ६ जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

थण्डरको जीतमा सुब्निम स्माइल र स्यामि जो जनसनले समान दुई–दुई विकेट हात पारे ।

यो पनि पढ्नुहोस्ः पाकिस्तानी क्रिकेट टिममा कोरोना संक्रमणमित खेलाडि थपिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :