डर्टमण्ड हार्यो, बार्यन र लेइप्जिग विजयी

एजेन्सी ।  जर्मन बुन्डेसलिगा फुटबलका शीर्ष स्थानको बार्यन म्युनिखले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्यनले भिएफबी स्टुटगार्डलाई सहजै पराजित गरेको हो ।

स्टुटगार्डको घरेलु मैदानमा बार्यन ३–१ ले विजयी भयो । बार्यनको जितमा किंग्सले कोमन, रोवर्ट लेवान्डोस्की र डगलस कोस्टाले एकएक गोल गरे ।

खेलको २० औं मिनेटमा घरेलु टोलीले टानग्वे कुलीबालीको गोलमा अग्रता बनाएको थियो , तर खेलको ३८ औं मिनेटमा किंग्सले कोमनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गरेपछि बार्यनले खेलमा २–१ को अग्रता बनायो । यस्तै खेलको ८७ औं मिनेटमा डगलस कोस्टाले गोल गर्दै बार्यनलाई ३–१ को जित दिलाए । जितसंगै बार्यनले शीर्ष स्थान कायमै राखेको छ । उसको ९ खेलमा २२ अंक भएको छ ।

यस्तै आजै भएको अर्को खेलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ । डर्टमण्ड एफसी कोल्नसंग २–१ ले हारेको हो । कोल्नको जितमा इलाइज साकिरीले खेलको ९औं र ६० औं मिनेटमा गोल गरे । डर्टमण्डका थोर्गन हाजार्डले ७४ औं मिनेटमा एक गोल गरेपनि टिमको हार टार्न सकेनन् । नजितासंगै डर्टमण्ड तालिकाको तेस्रो स्थानमा झरेको छ । यसअघि १८ अंकसहित डर्टमण्ड तालिकाको दोस्रो स्थानमा थियो ।

यस्तै आजै भएको अर्को खेलमा जित निकाल्दै आरबी लेइप्जिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेइप्जिगले अर्मानियालाई २–१ ले हराएको हो । जितसंगै लेइप्जिगले तालिकामा २० अंक जोडेको छ ।

यो पनि पढ्नुहोस्ः हाजार्ड घाईते हुँदा रियाल मड्रिड अलाभेससँग पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :