बक्सिङ्गको उपाधी ईङ्गल्याण्डका बिल्ली जो सान्डर्सलाई

एजेन्सी । लण्डनको वेम्ब्ली अरेनामा सम्पन्न डब्लुबीओ सुपर मिडलवेट बक्सिङ्गको उपाधी ईङ्गल्याण्डका बिल्ली जो सान्डर्सले जितेका छन् ।

साबिकको विजेता समेत रहेका सान्डर्सले ईङ्गल्याण्डकै  मार्टिन मरेलाई पराजित गर्दै उपाधी रक्षा गरेका हुन् ।

सान्डर्सले मरेलाई १२०–१०९, १२०–१०९ र ११८–११० ले पराजित गरेका हुन् । सान्डर्सको जित सर्बसम्मत भयको थियो ।

आफ्नो करियरमा अपराजित रहँदै ३० औँ जित निकालेका सान्डर्स बोर्ड टाईटल बाउटमा प्रवेश गरेका छन् ।

३१ वर्षीय सान्डर्सले १९ डीसेम्बरमा ब्राजिलका क्यानेलो अल्भारेजको सामना गर्ने छन् । दुई बक्सरहरु क्यालम स्मिथ बाउटको उपाभीका लागी एक अर्काको सामना गर्ने छन् ।

यो पनि पढ्नुहोस्ः माइक टाइसन फेरि बक्सिङ खेल्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :