बक्सिङ्ग संघको प्रशिक्षण थालनीको तयारी

काठमाण्डौ । नेपाल बक्सिङ्ग संघले आफ्ना खेलाडीहरुलाई प्रशिक्षणमा फर्काउने तयारी थालेको छ । कोरोना कहरसँगै स्थगित भएको बक्सिङ्ग प्रशिक्षण अर्काे साताबाट शुरु हुने भएको छ ।

नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेले सरकारले प्रशिक्षणकोअ नुमति दिएपनि प्राविधिक रुपमा केही तयारी पूरा गर्नुपर्ने भएकोले केही समय लागेको मेरोखेल डटछकमलाई बताए । उनले मु्ख्य प्रशिक्षकसँग सल्लाह भईसकेको र अर्काे साताबाट संघले प्रशिक्षण शुरु गर्ने जानकारी गराए ।

विश्वब्यापी कोरोना कहरका कारण नेपालमा पनि सरकारले गत चैत्रदेखि नै सम्पूर्ण खेल गतिविधि ठप्प हुने गरी लकडाउन गरेयता बक्सिङ्गको कुनै पनि गतिविधि हुन पाएको छैन ।

यद्यपी बक्सिङ्गका खेलाडीहरुले सरकारले गत असोज अन्तिममा सरकारले पछिल्लोपटक राष्ट्रिय खेलकुद परिषद राखेप मार्फ खेल र खेलाडीहरुको प्रशिक्षण शुरु गर्न अनुमति दिएसँगै ब्यक्तिगत प्रशिक्षण भने थालनी गरिसकेको अवालेले बताए ।

उनले भने,‘लामो समय संम्म खेलाडीहरुलाई प्रशिक्षण विहिन राख्दा यसले खेलाडीको फिटनेश र खेल कौशलतामा नराम्रो असर गर्ने भन्दै बक्सिङ संघले अर्काे साता खेलाडीहरुलाई प्रशिक्षणमा बोलाउने तयारी अघि बढाईकेको छ ।’

विगत लामो समय देखि खेलाडीहरु प्रशिक्षण विहिन रहँदा उनिहरुको क्षमतामा ह्रास आउन सक्ने कुरालाई मध्यनजर राख्दै हामिले खेलाडीहरुलाई प्रशिक्षणमा ल्याउने विषयमा प्राविभिक तयारीको शुरुवात गरिसकेका छौ’,अध्यक्ष अवालेले भने ।

अवालेले बक्सिङ्ग संघले प्रशिक्षणको तयारी शुरु गरिसकेको र अब राखेपसँग पूर्ण अुनमति लिने तयारी समेत गरेको बताए ।

राखेपले क्रिकेट र फुटबल लगायतका सिमित खेलहरुलाई मात्र प्रशिक्षणको अनुमती दिदाँ बक्सिङ्ग लगाएतका अन्य थुप्रै खेलहरुको प्रशिक्षण सुरु हुन सकेको छैन ।

अवाले भन्छन्,‘हामीले प्रशिक्षण बारे राखेपसंग छलफल गरिरहेका छौ । राखेप सकारात्मक देखिएपनी प्रशिक्षण सुरु गर्न भने केहि आनाकानी गरिरहेको छ । आशा छ हाम्रो प्राविपधिक तयारीको बारेमा यथार्थ विवरण बुझाएपछि अर्काे साताबाट प्रशिक्षण शुरु हुनेछ ।’

बक्सिङ्गका मुख्य प्रशिक्षक प्रकश थापामगरले विभागिय टोलीका खेलाडीहरु आ आफ्नै विधागमा प्रशिक्षणमा जुटिसकेका छन् भने बाँकी रहेकाहरुले आफैले प्रशिक्षण गराईरहेको बताए । उनलै औपचारिक रुपमा संघले यसै साताबाट खेलाडीहरुलाई प्रशिक्षणमा आउन ताकेता शुरु गर्ने जानकारी दिए ।

नेपाल बक्सिङ संघले यसै महिनाको २४ गते बस्ने राखेप र संघहरुको बैठकमा बक्सिङ्ग प्रशिक्षणको तयारीको बिषयमा आधिकारीक जानकारी राखेपले गराउने तयारीमा छ ।

बक्सिङ्गले गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुद (साग)मा ३ स्वर्ण,६ रजत र ६ कास्य पदक जितेको थियो । यो पदक संख्या नेपालले सागमा बक्सिङ्गतर्फ जितेको अहिलेसम्मकै उच्च हो ।

यो पनि पढ्नुहोस्ः बक्सिङ्गको उपाधी ईङ्गल्याण्डका बिल्ली जो सान्डर्सलाई

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :