पौडी प्रशिक्षक कार्कीले पाए अवकाश

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ पौडी प्रशिक्षक ईश्वर कार्कीले अवकाश पाएका छन् । कार्कीले उमेर हदका कारण आईतबारबाट राखेपबाट अवकाश पाएका हुन् ।

अवकाश प्राप्त कार्कीलाई आईतबार ललितपुरको सातदोबाटोस्थित अन्तराष्ट्रिय खेदकुल परिषद्का आयोजित एक कार्यक्रमकाबीच राखेप मातहतका प्रशिक्षकहरूले बिदाइ समेत गरेका छन् ।

प्रशिक्षक कार्कीलाई पौडीका मुख्य प्रशिक्षक शङ्कर कार्की लगायतले उपहार स्वरुप बिदाइ गरेका थिए । प्रशिक्षकका रूपमा परिषद्बाट बिदा भए पनि कार्कीले नेपाल पौडी सङ्घका सचिवको जिम्मेवारीमा रहेर पौडीसँग नाता जोडिरहने छन् ।

सोही कार्यक्रममा बिदाइ ग्रहण गर्दै प्रशिक्षक कार्कीले आफू कुनै न कुनै रूपमा पौडी खेलमा आबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दै राम्रा खेलाडी तयार पार्न जागिर नै खानु पर्छ भन्ने मानसिकतामा आफूमा नरहेको पनि बताए ।

यो पनि पढ्नुहोस्ः  पौडीबाज शायनाको प्रतिबन्ध घटाइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :