लिभरपुलले वुल्भ्सको सामना गर्ने

एजेन्सी । ईङ्गलिश प्रिमियर लिग अन्तर्गत आईतबार रातीको खेलमा लिभरपुल र वुल्भ्स् प्रतिस्पर्धा गदै छन् ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा खेलिने खेल नेपाली समय अनुसार राती १ बजे सुरु हुनेछ ।

तेस्रो स्थानमा रहेको लिभरपुल आजको खेल जित्दै अंक तालिकामा सुधार गर्ने योजनाका साथ मैदानमा उत्रने छ । १० खेलबाट २१ अंक जोडेको लिभरपुल तालिकाको तेस्रो स्थानमा छ । समान अंक रहेको टोटनहम गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहँदा शिर्ष स्थानको चेल्सीको १ अंक मात्र बढी छ ।

यस्तै अघिल्लो साता राम्रो प्रदर्शन गरेको वुल्भ्स् पनि आजको खेल जित्दै लयmाई कायम राख्ने योजना सहित मैदानमा उत्रने छ ।

वुल्भ्स्विरुद्धको खेलमा लिभरपुललाई उसका खेलाडीहरुको चोट चिन्ताको बिषय हुन सक्छ ।

चोटका कारण लिभरपुलका भर्जिल भ्यान डिक, थिआगो अल्कान्टारा, एलिसन बेकर र जो गोमेजले आजको खेल गुमाउने छन् ।

यस्तै नाबी केइटा, एलेक्स अक्सलेड चेम्बरलेन, झेरदान शाकीरी, र जेम्स मिल्नरले पनि आजको खेल गुमाउने सम्भावना छ ।

यस्तै आर्सनलबिरुद्धको खेलमा घाईते भएका वुल्भ्सका राउल जिमिनेज आजको खेल खेल्ने छैनन भने रोमेन साईस पनि आज टिम बाहिर रहने सम्भावना छ ।

वुल्भ्सबिरूद्ध लिभरपुलको उत्कृष्ट रेकर्ड छ । दुई टोली बिच हाल सम्म खेलेका १५ खेल मध्ये लिभरपुलले १० खेल जित्दा वुल्भ्सले केवल ३ जित निकाल्न सकेको छ भने २ खेल बराबरीमा सकिएको छन् ।

अन्तिम पटक दुई टोली यस बर्षको सुरुवातमा एक अर्काको आमने सामने हँुदा लिभरपुलले वुल्भ्समाथि २–१ गोल अन्तरको जित निकालेको थियो ।

जारी प्रिमीयर लिगमा १० खेल खेलेको लिभरपुलले ६ खेल जित्दा १ खेल हारेको छ । तालिकाको तेस्रो स्थानमा रहेको लिभरपुलले अंक तालिकामा २१ अंक जोडेको छ ।

यस्तै समान खेलमा ५ जित र ३ हारको सामना गरेको वुल्भ्सको १७ अंक छ र उ तालिकाको १० औं स्थानमा छ ।

यो पनि पढ्नुहोस्ः  शिर्ष स्थान कब्जा गर्न टोटनहम आर्सनलसँग खेल्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :