डिककको कप्तानीमा दक्षिण अफ्रिकी टिमको घोषणा

एजेन्सी । क्रिकेट दक्षिण अफ्रिका (सीए) ले क्विन्टन डि ककलाई टेस्ट क्रिकेट टिमको कप्तान घोषणा गरेको छ ।

क्रिकेट दक्षिण अफ्रिकाले शुक्रबार श्रीलंकाविरुद्धको १५ सदस्य टोली घोषणा गर्दै डि ककलाई टेस्ट क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो ।

दक्षिण अफ्रिकाको सिमित ओभर क्रिकेटका कप्तान समेत रहेका क्विन्टन डि ककलाई टेस्ट टिमको अस्थायी कप्तान नियुक्त गरिएको हो ।

उनलाई श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाका लागी मात्र कप्तान नियुक्त गरिइको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।
श्रीलंकाले २ टेस्ट खेलको श्रृंखलाका लागी दक्षिण अफ्रिका भ्रमण गर्नेछ । दुई देश बिचको टेस्ट श्रृंखला डिसेम्बर २६ बाट सुरु हुनेछ ।

यसै बर्षको फेब्रुअरीमा फाफ डु प्लेसिसले कप्तान बाट राजिनामा दिएपछी अफ्रिकन टेस्ट टोलि कप्तान विहिन थियो ।

कोरोना महामारीका कारण अन्तराष्ट्रिय क्रिकेट सुरु हुन नसक्दा सीएले टेस्ट कप्तान नियुक्त गरेको थिएन ।

श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाका लागी घोषित दक्षिण अफ्रिका टीमः
क्विन्टन डि कक (विकेटकिपर, कप्तान), टेम्बा बावुमा, आइडन मार्करम, फाफ डु प्लेसिस, बेउरन हेन्ड्रिक्स, डीन एल्गर, केशव महाराज, लुङगी एनगिडी, रासी भान डेर दुसेन, सरेल एर्वी, आनिच नोर्त्जे, ग्लेनटन स्टुउर्मन, वियान मुलदर, कीगन पीटरसन र काइल भेरिने ।

यो पनि पढ्नुहोस्ः  श्रीलंका भ्रमणका लागि ईङ्गल्याण्ड टोलीको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :