विश्व च्याम्पियन लुइस ह्यामिल्टन कोरोना मुक्त

एजेन्सी । सात पटकका फर्मुला १ विश्व च्याम्पियन लुइस ह्यामिल्टन कोरोना मुक्त भएका छन् ।

फर्मुला १ को विश्व निकाय फेडरेशन ईन्टरनेशनल डी अटोमोबाइलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ह्यामिल्टन कोरोना मुक्त भएको जनाएको हो ।

कोरोना संक्रमण भएको १० दिन पछि गरिएको परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना मुक्त भएसँगै ह्यामिल्टन युएईमा हुने आबु धाबी ग्राण्ड प्रिक्स फर्मुला १ रेसमा सहभागी हुने भएका छन् ।

आबु धाबी ग्राण्ड प्रिक्स डिसेम्बर १३ मा एस मरिना सर्कीटमा आयोजना हुदैछ ।

कोरोना संक्रमीत भएपछि ३५ वर्षीय ब्रिटीस ड्राईभर यसै साता बहराईनमा सम्पन्न साखिर ग्राण्ड प्रिक्स गुमाउने भएका थिए ।

यो पनि पढ्नुहोस्ः पाकिस्तानी क्रिकेटर इमाम उल हक कोरोना मुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :