उमर क्रेलेव अन्तर्राष्ट्रिय बक्सिङ्ग महासंघको अध्यक्ष

एजेन्सी । अन्तर्राष्ट्रिय बक्सिङ्ग महासंघ ( एआईबीए) को अध्यक्षमा रुसका उमर क्रेलेव निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न अनलाईन मतदानमा क्रेलेवले बहुमत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

५ जना उम्मेद्वार मध्य उनले ८६ मत प्राप्त गरेका थिए । एआईबीएको अध्यक्ष पदको मतदानमा १५५ सदस्य राष्ट्रहरुले मतदान गरेका थिए ।

क्रेलेवले कुल मतको ५७ प्रतिशत भन्दा बढी मत प्राप्त गरेका थिए । उनि २०१७ देखि रूस बक्सिङ्ग महासंघका अध्यक्षको रुपमा काम गर्दै आईरहेका छन् ।

यो पनि पढ्नुहोस्ः  बक्सिङ्ग संघको प्रशिक्षण थालनीको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :