फिनाले एथलेटिक भर्चुअल स्विमिङ्ग च्यालेञ्ज आयोजना गर्ने

स्विमिङ्गको विश्व प्रशासकीय निकाय फिना ले डिसेम्बरको १९ र २० मा एथलेटिक भर्चुअल स्विमिङ्ग च्यालेञ्ज आयोजना गर्ने भएको छ ।फिना र उस्को टेक्नीकल एथलेटिक स्विमिङ्ग कमिटी (टिएएससी) ले कोरोना कहरका कारण विश्व भर स्विमिङ्ग पुलहरु बन्द हुँदा स्विमिङ्ग प्रतिस्पर्धा हुन नसकेको र यस्लाई भर्चुअल भएपनी आयोजनाको आवस्यकता भएको भन्दै एथलेटिक भर्चुअल स्विमिङ्ग च्यालेञ्जको आयोजना गर्न लागेको बताएको हो ।

प्रतियोगितामा संसार भरका स्विमरहरुले सहभागिता जनाउन सक्ने छन् । भने प्रगियोगितामा सहभागीता जनाउन इन्स्टाग्रामको वाटर ईफेक्ट एपको प्रयोग गर्नु पर्ने छ ।

इन्स्टाग्रामको वाटर ईफेक्ट एपले प्रतिस्पर्धीहरुलाई भर्चुअल स्विमिङ्गको अनुभुती गराउने छ ।

यो पनि पढ्नुहोस्ः  राखेपमा झोले संघहरुको भिड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :