विश्व च्याम्पियन साईक्लिस्ट प्युर्टालाई चार बर्षको प्रतिबन्ध

कोलम्बियाका पूर्व विश्व च्याम्पियन साईक्लिस्ट फेबियन प्युर्टालाई चार बर्षको प्रतिबन्ध लगाइएको छ ।

प्युर्टालाई अन्तर्राष्ट्रिय साइकलिङ्ग युनियन (यूसीआई) ले चार बर्षको प्रतिबन्ध लगाएको हो ।

प्युटाको डोपिङ्ख परिक्षण गर्दा एनाबोलिक स्टेरोइडको अधिक सेवन गरेको पाईएपछि उनलाई प्रतिबन्ध लगाईएको हो ।

२९ बर्षीय प्युर्टाले सन् २०१८ मा विश्व साइक्लिङ्ख च्याम्पियनसीप जितेका थिए ।

त्यसको दुई महिना पछि गरिएको परिक्षणमा उनले डोपीङ्ख गरेको प्रमाणित भएको थियो ।

प्युर्टाले यस निर्णयकोविरूद्ध स्पोर्ट्स आर्बिट्रेसन कोर्टमा अपील गरे पनी उनीमाथिको आरोप प्रमाणित भएपछि उनलाई प्रतिबन्ध लगाईएको हो ।

प्रतिबन्ध लगाईएसंगै प्युर्टाको विश्व च्याम्पियन टाईटल र २०१८ विश्व साइक्लिङ्ख च्याम्पियनसीपको उपाधी जफत गरिएको छ ।

यो पनि पढ्नुहोस्ः स्ट्राइकर विमल घर्तीमगर घाइते, उपचार खर्च एन्फाले व्यहोर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :