एथ्लेटिक्स संघले मनोनयन गर्यो तिन उपाध्यक्ष

चितवन । नेपाल एथ्लेटिक्स संघले संघमा रहेका रिक्त पदहरुमा पद पुर्ती गरेको छ । संघले रिक्त भएको तिन उपाध्यक्षमा पद पुर्ती गरेको हो ।

चितवनको सौराहामा बसेको संघको कार्यसमिति बैठकले रिक्त रहेको तीन उपाध्यक्ष पदमा सुर्खेतका जनक रावल, प्रदेश नम्बर एकबाट जितेन्द्र चौधरी र कुमार श्रेष्ठलाई संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी दिएको हो ।

संघले आफ्नो विधान अनुसार तीन उपाध्यक्ष नियुक्त गरेको हो । संघले यस अघीनै वरिष्ठ उपाध्यक्ष पदमा तेजेन्द्र थापालाई नियुक्त गरेको छ । यस्तै नेपाल एथ्लेटिक्स संघले रिक्त रहेको दुई सदस्यमा दाङकी गिता बस्नेत र प्रभाकर पाण्डेलाई मनोनित गरिएको छ ।

संघको विधान अनुसार १७ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित १० सदस्य निर्वाचनबाट र बाँकी ५ जना निर्वाचित कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्ः  मानसिंह डोजोलाई ४ स्वर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :