बिएनपी पारिबास ओपन टेनिस अझै एक वर्ष नहुने

अमेरिकामा आयोजना हुँदै आईरहेको बिएनपी पारिबास ओपन टेनिस प्रतियोगिता स्थगित भएको छ ।

बिएनपी पारिबास ओपन टेनिस आयोजकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २०२१ को लागि तय गरिएको प्रतियोगिता अर्काे वर्षसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

आयोजकले कोरोना महामारीको कारण देखाउँदै बिएनपी पारिबास ओपन टेनिस २०२१ अर्काे वर्षमात्र आयोजना गर्ने जनाएको छ । आयोजकले एटिपी र डब्लुटिए तथा प्रायोजक बिएनपी पारिबाससँग पनि छलफल गर्दै प्रतियोगिता एक वर्ष पर सार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिका अनुसार चाँडै नै प्रतियोगिताको अर्र्काे मिति तय गर्ने जनाईएको छ ।

बिएनपी पारिबास ओपन टेनिस यसअघि २०२१ को मार्च ८ देखि २१ सम्म क्यालिफोर्नियाको ईण्डियन वेल्समा गर्ने तालिका रहेको थियो ।

यसअघि २०२० को मार्चमा प्रतियोगिता शुरु हुनु एकदिन अघिमात्र कोरोनाका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।

यसअघि स्थगित भएका प्रतियोगिताहरु गर्न बाँकी रहेकोले पनि मार्चमा हुने भनिएको यो प्रतियोगिताको मिति मिलाउन समेत गाह्रो भईरहेको आयोजकले जनाएको छ ।

वर्षको शुरुमा हुने अष्ट्रेलिय ओपन समेत यस वर्ष फेब्रुअरीमा हुने भएको छ ।

यो पनि पढ्नुहोस्ः प्रथम नौलिन स्पोर्टस भिल्ला टेनिसको उपाधी महत र श्रेष्ठको जोडीलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :