क्यानसर पीडित बालकलाई आर्थिक सहयोग

काठमाडौ । क्यानसर पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई तेक्वान्दोकर्मी मिलेर मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा काठमाडौं तेक्वान्दो च्याम्पिनसिप टिमले जम्मा २२ हजार २० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हो ।

कार्यसमितिका पदाधिकारीले ११ हजार २० रुपैयाँ तथा च्याम्पियनसिप टिमले ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको कार्यसमितिका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

कार्यसमितिका अध्यक्ष खड्काले ५ हजार, सचिव कुमार लामा घिसिङ, सह–सचिव राजेन्द्र पुजारी, कोषाध्यक्ष बब्लु सिवाकोटी, सदस्यद्वय सारदा धिताल र अनुभव थापाले समान १–१ हजार तथा सह–सचिव गणेश तामाङ र सदस्य मनोजकुमार शाहले समान ५ सय १० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

कार्यसमितिका पदाधिकारीले पीडितलाई उनको गोंगबुस्थित निवासमा गइ आर्थिक सहयोग उपलब्ध गराएका थिए । पीडितको हात्तीवनस्थित नेपाल क्यानसर अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्ः तेक्वान्दोको औपचारिक प्रशिक्षण शुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :