आइपीएलको नयाँ टिम खरिदका लागि न्युनतम मुल्य १५०० करोड

२०२२ मा हुने इण्डियन प्रिमियर लीगबाट २ फ्रेन्चाइज टिमहरु थपिने भएका छन् । यद्यपी यो घोषणा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यसअघि नै गरिसकेको भएपनि नयाँ टिम किन्नका निम्ति कति मुल्य निर्धारिण गरिने भन्ने यकिन भईसकेको थिएन ।

एक भारतीय संचारमाध्यमका अनुसार नयाँ टिमको निम्नि न्युनतम खदि मुल्य १५०० करोड भारतीय रुपैयाँ तोकिने तयारीमा बीसीसीआई रहेको छ । यो मुल्य पहिलो पटक २००८ मा आईपीएल शुरु हुदाँको भन्दा ७५० प्रतिशत बढी हो ।

२००८ मा पहिलोपटक टिमहरु बेच्दा न्यसनतम मुल्य २०० करोड भारतीय रुपैयाँ रहेको थियो । त्यसबेला रिलायन्स् ग्रुपले मुम्बई इण्डियनस् किन्नका लागि ४४७ करोड रुपैयाँ बीसीआईलाई तिरेको थियो । यसकोे अर्थ सो समयमा रिलायन्सले मुम्बईको फ्रेन्चाइज खरिद गर्न २२३ प्रतिशत बढी मुल्य तिरेको थियो ।

यतिबेला मुम्बईको ब्राण्ड मुल्य ८०९ करोड रुपैयाँ रहेको छ ।

विश्व क्रिकेटको सबैभन्दा महङ्गो लीगको रुपमा स्थापित आइपीएलमा समावेश हुनु अहिलेको समयमा सबैको लागि लाभदायि रहेको छ । यसैले पनि बीसीसीआइले नयाँ टिमको न्युनतम मुल्य १५०० करोड निर्धारण गर्ने अन्तिम तयारी गरिरहेको छ ।

अब चाँडै नै बीसीसीआइको आइपीएल समितिले नयाँ टिमको न्युनतम मुल्य र टेण्डर आह्वानको मिति सार्वजनिक गर्ने बताइएको छ ।

पहिलो संस्करणमा सबै ८ टिमको कुल मुल्य २९०० करोड
१३ वर्षअघि आईपीएलको पहिलो संस्करणमा सबै ८ टिमको कुल मुल्य २९०० करोड मात्र रहेको थियो । सो समयमा बीसीसीआइले सबै ८ टिमको फ्रेन्चाइज बेच्दा २९०० करोडमात्र आएको थियो ।

यस पटक मात्र एक टिमबाट ३००० करोड बीसीसीआइले कमाउन सक्ने देखिएको छ । डेक्कन चार्जर आइपीएलबाट हटेपछि सन टिभिले २०१२ बाट हैदराबादको फ्रेन्चाईजका लागि बीसीसीआइलाई प्रत्येक वर्ष ८५ दशमलब ०५ करोड तिर्दै आइरहेको छ ।

२०१० मा सहारा कम्पनीले पुणेको टिम १७३३ करोडमा खरिद गरेको थियो भने रेनडेवुसले कोच्चीको टिमका लागि १५३३ करोड खर्च गरेको थियो ।

पहिलो संस्करण कुन टिमकोे कति मुल्य
मुम्बइ इण्डियन्स् ¬– ४४७ करोड
रोयल च्यालेन्जर्स बैंगलोर – ४४६ करोड
डेक्कन चार्जर्स – ४२८ करोड
चेन्नइ सुपर किङ्गस् – ३६४ करोड
दिल्ली क्यापिटल्स् – ३३६ करोड
किङ्गस् ११ पञ्जाब – ३०४ करोड
कोलकाता नाइट राइडर्स – ३०० करोड
राजस्थान रोयल्स् – २६८ करोड

यो पनि पढ्नुहोस्ः  ह्वाट्मोर जनवरीको तेस्रो साता नेपाल आईपुग्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :