राष्ट्रिय कुश्ती खेलाडीको प्रशिक्षण माघ पहिलो साताबाट

काठमाण्डौं । नेपाली राष्ट्रिय कुश्ती खेलाडीहरुको प्रशिक्षण माघको पहिलो साताबाट शुरु हुने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत वर्ष चैतदेखी प्रशिक्षण बिहीन रहँदै आएका कुश्ती खेलाडीको आगामी माघ पहिलो साताबाट प्रशिक्षण शुरु हुने भएको हो ।

कोरोना महामारीले निश्क्रिय बनेको संघको गतिविधिलाई सक्रिय बनाउने उद्देश्यले संघले खेलाडीको प्रशिक्षण शुरु गर्न लागेको हो ।

फुटबल, क्रिकेट लगायतका खेलमा भन्दा कुश्तीको नियम फरक र खेल्ने शैली पनि फरक हुने भएकोले कुश्तीको प्रशिक्षण सुचारु हुन केहि ढिलाई भएको नेपाल कुश्ती संघका महासचिव विद्यासागर पोखरेलले मेरो खेल डटकमलाई बताए ।

‘कुश्ती खेल खेल्न अरु खेल जस्तो सहज छैन, पोखरेलले भने, ‘यो खेलमा खेलाडी एक आपसमा अतिनै नजिक रहेर खेल्नुपर्ने हुन्छ, त्यो हुँदा कोरोना फैलने ज्वखिम झनै बढ्ने देखियो, त्यसैले संघले खेलाडीको प्रशिक्षण शुचारुमा केहि ढिलाई गरेको हो । अब माघको पहिलो साताबाट राष्ट्रिय टिमका खेलाडीको नियमित प्रशिक्षण शुरु हुन्छ ।’

यस्तै खेलाडीलाई स्वास्थ्यका हिसाबले सुरक्षित राख्ने तयारी सहित प्रशिक्षण शुरु गर्न संघमा छलफल कार्य जारी रहेको पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः फाँसीमा झुण्ड्याईए ईरानी रेस्लर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :