अन्तर लायन्स् क्रिकेट प्रतियोगिता हुँदै

राधेश्याम विश्वकर्मा

भैरहवा । लायन्स क्लब अफ भैरहवा बोहेमियन्सको आयोजनामा भैरहवामा अन्तर लायन्स् सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । नयाँ खुलेका क्लबलाई परिचित गराउने र कोष वृद्धि तथा आवश्यक परेकालाई सहयोग गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना हुने आयोजकले जनाएका छन ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले बिहिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले पुष २५ गते देखि सुपर सिक्स प्रतियोगिताको आयोजना हुने जानकारी दिए । भैरहवा तथा यस आसपास रहेका लायन्स क्लबहरुको सहभागितामा हुने प्रतियोगितामा १० वटा लायन्स क्लबहरुले प्रतिष्प्रर्धा गर्ने कार्यक्रम संयोजक सौरभ थापाले जानकारी दिएका छन् ।

टिममा ६ जना मात्र खेलाडीले खेल्न पाउने र एक ईनिङ्ग ५ ओभरको मात्र हुने आयोजकले जनाएको छ ।

लायन्स् क्लब अफ भैरहवा बोहेमियन्सका अध्यक्ष कृतेश कुमार श्रेष्ठले पुष २५ गते शुरु हुने प्रतियोगिताको फाईनल खेल माघ ३ गते सिद्धार्थ रंगशालामा खेलाइने बताए । उनले कोभिड पछि सबै क्षेत्र तितर बितर भएको अवस्थामा खेल क्षेत्रलाई पुनःजागृत गर्न कार्यक्रमले सहयोग पु¥याउने बताए ।

प्रतियोगिताको विजेताले ट्रफिसहित नगद २५ हजार र दोश्रो हुनेलाई नगद १५ हजार सहित ट्रफिको ब्यवस्था गरिएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले क्रिकेटको माध्यमबाट भैरहवाको पहिचान बनेकोले यसलाई कायम राख्न भए पनि यहाँ क्रिकेट भै रहनु पर्ने बताए । उनले निर्माणाधिन अवश्थामा रहेको सिद्धार्थ रंगशालामा अब छिट्टै अन्र्तराष्ट्रिय स्तरको प्रतियोगिताहरु सञ्चालन हुने बताए ।

गोदावरी प्लाजा एवम् पार्टी प्यालेसको मूख्य प्रायोजन रहेको प्रतियोगितामा लायन्स् क्लब अफ होलिसिटी सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल, लायन्स् क्लब अफ सिद्धार्थनगर गौतम बुद्ध, लायन्स क्लब अफ लुम्बिनी गौतम बुद्ध, लायन्स क्लब अफ सिद्धार्थनगर युथ गोर्खाली, लायन्स क्लब अफ सिद्धार्थनगर युथ वारियर, लायन्स क्लब अफ भलवारी, लायन्स क्लब अफ प्रोफेस्नल्स, लायन्स क्लब अफ भैरहवा बोहेमियन्स ए र लायन्स क्लब अफ भैरहवा बोहेमियन्स बि को सहभागीता रहने आयोजकले जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः सन्दिप आबद्ध होबार्टको चौथो हार

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :