प्रदेश एक स्तरीय दोस्रो ब्याडमिनट प्रतियोगिताको फाइनल खेल भोली

झापा । एसिया जाबेगु, दिवा शंकर र प्रविन लिंगेप, पेम्बा शेर्पाको जोडी प्रदेश नम्बर एक स्तरीय दोस्रो व्याडमिन्टन प्रतियोगिता अन्तर्गत मेन्स् डबलको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको सेमिफाईनल प्रतियोगितामा पाँचथरका एसिया जाबेगु र दिवा शंकरको जोडीले मेची ब्याडमिन्टन क्लबका सुजन श्रेष्ठ र प्रनिस सिंहको जोडीलाई २१–१६, १४–२१ र २१–१८ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

यसैगरी शंखुवासभाका प्रविन लिंगेप र पेम्बा शेर्पाको जोडीले भोजपुरका सूर्य श्रेष्ठ र विशाल तामाङको जोडीलाई २०–२२, २१–१८ र २३–२१ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

यस्तै संजय भक्तराज, गणेश कार्की र दिपक राई, सुनिर परियारको जोडी भेट्रान डबलको फाईनलमा प्रवेश गरेका छन् ।

बिर्ता ब्याडमिन्टन क्लबका संजय भक्तराज र गणेश कार्कीको जोडीले दमक ब्याडमिन्टन क्लबका भवानी आङ्दाम्बे र सुरेश नियोगका जोडीलाई २१–०५ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

भने खोटाङका दिपक राई र सुनिल परियारको जोडीले मोरङका जीवन बोगटी र विश्व प्रताप शाक्यको जोडीलाई २१–१६ ले पराजित गरि फाईनल प्रवेश गरेका हुन् ।

प्रतियोगितको फाइनल खेल शनिबार मेची सामुदायिक भवनको कभर्ड हलमा हुनेछ ।

मेची ब्याडमिन्टन क्लब, झापाको आयोजनामा बिहिबार बाट प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको मेन्स् डबलतर्फ प्रथम हुने टिमले ५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने उप विजेताले ३१ हजार र तेस्रो हुने जोडिले २० हजार नगद हात पार्ने छन् ।

यस्तै भेट्रानतर्फ प्रथम हुने जोडीले २५ हजार नगद प्राप्त गर्दा रनरअफले १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस् : झापामा ब्याडमिन्टन अम्पायरबीच कार्यशाला गोष्ठि सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :