बार्सिलोनाले ग्रानाडासँग प्रतिस्पर्धा गर्दै

स्पेनीस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले ग्रानाडासँग प्रतिस्पर्धा गर्दैछ ।

लिगको सातौं स्थानमा रहेको ग्रानाडाले चौथो स्थानमा रहेको बार्सिलोनासँग ग्रानाडाको घरेलु मैदानमा नेपालि समय अनुसार ११ १५ मा खेल्ने छ ।

बार्सिलोनाले आजको खेलमा बराबरी खेलेमा वा पराजित भएमा उसलाई ठूलो घाटा लाग्नेछ ।

लियोनल मेस्सी र पेद्रिको कम्बिनेसमा पछिल्लो पटक निकै राम्रो लयमा रहेकाले खेल आफ्नो पक्षमा हुनेमा बार्सिलोना ढुक्क रहेको छ ।

आज बार्सिलोना विजयी भएमा तेस्रो स्थानमा उक्लिनेछ ।

यता ग्रानाडाले पनि बार्सिलोनालाई घरेलु मैदानमा हारको स्वाद चखाउने दाउमा रहनेछ । त्यसैले आजको खेल निकै प्रतिस्पर्धातमकको रुपमा हेरिएको छ ।

यो पनि पढ्नुहोस् : एन्फाको गतिविधि छानविनका लागि फिफाका प्रतिनिधि काठमाडौंमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :