अरुणा शाही जिताउन भलिबल प्रतियोगिताबाट करिब ९ लाख रकम संकलन

पोखरा । एनएसजेएफस्पोर्टस अवार्डको पिपल्स च्वाइस विधामा कास्कीकी भलिबल खेलाडी अरुणा शाही जिताउँ अभियान भलिबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा विभागीय टोली एपीएफ विजयी भएको छ ।

पोखराको पोखरा रंगशालामा शनिबार भएको महिला मैत्रीपूर्ण खेलमा एपीएफले न्यु डाउमण्ड क्लबलाई ३–२ को  सेटमा पराजित गरेको हो । यसै खेलबाट नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी खेलाडी प्रतिभा मालीले एक वर्षपछि कोर्टमा पाइला टेकेकी हुन् ।

करिब एक वर्षअअघि खेलकै दौरान प्रतिभाको घुडाँमा गम्भिर चोट लागेको थियो । उनी त्यसपछि घुडाँको शल्यक्रिया गर्नुपर्ने भएपछि भलिबल कोर्ट बाहिर रहँदै आएकी थिईन् ।

गत वर्ष माघ १० गते पाँचौ संस्करणको आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लबविरुद्धको फाइनल खेलको दौरान प्रतिभाले बायाँ घुडाँमा चोट बोकेकी थिइन् । स्पाइक प्रहार गर्ने क्रममा ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो । चोट लागेपछि उनलाई तत्कालै ब्लु क्रस अस्पताल लगिएको थियो ।

प्रतिभाको घुँडाको एसिएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रलमा इन्जुरी देखिएको थियो । उनी शल्यक्रिया पश्चात् निरन्तर फिजियोथेरापी गर्दै आएकी थिइन् ।

यस खेलमा अरुणा पनि न्यु डायमण्ड क्लबबाट मैदानमा ओर्लिएकी थिईन् ।

भलिबललाई प्रतिनिधित्व गर्दे नेपालको प्रतिष्ठत पल्सर स्पोर्टस् अवार्डको पिपल्स च्वाइस अवार्डमा मनोनित भएपछि अरुणा शाहीलाई जित दिलाउन पश्चिमाञ्चल भलिबल संघ र जिल्ला भलिबल संघ कास्कीले पुरुषको प्रतियोगितासँगै एपीएफ र न्यु डायमण्ड भलिबल क्लबबिचको मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

प्रतियोगिता आयोजनाबाट संकलन हुने रकम अरुणा शाहीलाई पिपल्स च्वाइस अवार्डमा जित दिलाउन एसएमएस भोटिङ्गमा प्रयोग गरिने आयोजकले यसअघि नै जानकारी गराएको थियो ।

पिपल्स च्वाइस अवार्डमा मनोनित खेलाडीहरुमा भोटिङ्ग मार्फत सबैभन्दा बढी मत प्राप्त हुने खेलाडीले यस पटकको अवार्ड हात पार्नेछ ।

यस विधामा भलिबलबी अरुणासँगै फुटबलकी सावित्रा भण्डारी,कराँतेका मण्डेकाजी श्रेष्ठ,बास्केटबलकी सदिक्षा श्रेष्ठ र पौडीकी गौरिका सिंह मनोनयनमा परेका छन् ।

अरुणा जिताउँ अभियानका लागि आयोजना गरिएको भलिबल प्रतियोगिताको टिकट अर्थात् गेट फिबाट आयोजकले दुई दिन गरी कुल २ लाख ५३ हजा र रुपौयाँ संकलन गरेको आयोजक समितिका सदस्य डिबी नेपालीले मेरोखेल डटकमलाई बताए ।

यसबाहेक विभिन्न संघसस्था र ब्यक्तिबाट शनिबारसम्ममा करिब ६ लाख रुपैयाँ संकलन भईसकेको आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस् : पुष्पलाल स्मृती ब्याडमिन्टनको तयारी पुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :