काठमाडौं । करातेका वरिष्ठ प्रशिक्षक हिरा सिंह डंगोललाई करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सोमबार बसेको सदस्य सचिव स्तरीय बैठकको निर्णय अनुसार डंगोललाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।
डंगोल यस अघि काठमाडौं जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए ।
मंगलबार राखेपका तालिम तथा प्रशिक्षक विभागका प्रमुख अर्जनबहादुर वि.क.ले एक कार्यक्रमकाबीच डंगोललाई नयाँ जिम्मेवारी पत्र हस्तान्तरण गरेका छन् ।

नयाँ जिम्मेवारी पत्र प्राप्त गरेसँगै डंगोलले अब राखेपको तालिम तथा प्रशिक्षक विभागमा रहि मुख्य प्रशिक्षकको भुमिका निभाउनेछन् ।
डंगोलले घरेलु भुमिमा आयोजना भएकोे आठौं दक्षिण एसियाली खेलकुद (साग) , श्रीलंकामा भएको दसौं सागमा राष्ट्रिय कराते टोलीको प्रशिक्षकको भुमिका निभाएका थिए ।
यस्तै सन् २०१४ मा भएको इन्चोन एसियाड, २०१८ मा भएको इन्डोनेसिया एसियाडमा पनि डंगोल राष्ट्रिय टोलीको प्रशिक्षकको भुमिकामा थिए ।
राखेपले दुई साताअघि राखेप फुटबलको मुख्य प्रशिक्षकमा अरुणा गुरुङ्गलाई नियुक्त गरेको थियो ।
यो पनि पढ्नुहोस्ः जापानबाट सहारा एकेडेमीका बालकहरुलाई जर्सी सेट प्राप्त
