सुर्खेत । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेश क्रिकेट संघले टिम घोषणा गरेको छ ।
कर्णाली प्रदेश क्रिकेट संघले सोमबार एक सूचना प्रकाशित गर्दै रविन्द्र जङ शाहीको कप्तानीमा पीएम कपका लागि १४ सदस्यीय टिम घोषणा गरेको हो ।
यस्तै अन्य खेलाडीहरुमा निश्चल रावल, दिवान पुन, हिमांशु शाही, दिनेश अधिकारी, विपिन रावल, राजकुमार शाह, युनिशविक्रम सिंह, हेमन्त ओली, ललित प्याकुरेल, अनुज चुनारा, ताराप्रसाद गिरी, रुपक दाहल र अभिशेकबम ठकुरी रहेका छन् ।
माघ २ देखी १७ गते सम्म आयोजना हुने पुरुष प्रधानमन्त्री कप क्रिकेटे टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।
प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।