हुरिकेन्सले प्रस्तुत गर्यो पर्थ सामु १ सय ४० रनको लक्ष्य

बिग ब्यास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्ट हुरिकेन्सले पर्थ स्कोचर्स सामु १ सय ४० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।


पर्थ स्टेडीयममा टस जितेर ब्याटिङ्ग गरेको हुरिकेन्सले निधारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार पारेको हो ।

हुरिकेन्सका लागी डार्सी सर्टले सर्वाधिक ५४ रनको अर्धशतकिय पारी खेले । १८ औं ओभरको चौथो बलमा आरोन हार्डीको बलमा कुर्टिस प्याटरसनको हातबाट क्याच

आउट हुनु अघी उनले ४७ बलमा ७ चौकको मद्दतले ५४ रन बनाएका थिए ।

यस्तै हुरिकेन्सका लागी टिम डेविटले ३१ रन र कोलीन ईन्ग्रामले १८ रनको योगदान दिए ।

पर्थको बलिङ्गमा आरोन हार्डीले २ विकेट हात पारे ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्री कपका लागि कर्णाली प्रदेश टिम घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :