बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आज सम्पन्न खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध होबार्ट हुरिकेन्स पराजित भएको छ । हुरिकेन्सलाई पर्थ स्कोचर्सले ९ विकेटले पराजित गरेको हो
होबार्ट हुरिकेन्सले दिएको १ सय ४० रनको सामान्य लक्ष्य पर्थले १६ दशमलव २ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
पर्थको जितमा जोसन रोय ७४ रनको अविजित अर्धशतकिय पारी खेले भने लियाम लिभिङ्गस्टोनले ५४ रनको योगदान दिए ।
होबार्टको बलिङ्गमा स्कट बोल्याण्डले एक मात्र विकेट हात पारे । तिन ओभर बलिङ्ग गरेका सन्दिप भने विकेट बिहिन रहे । उनले ३ ओभर बलिङ्ग गदैं २३ रन खर्च गरे । ब्याक्तिगत पहिलो ओभरमा सन्दिपले १ चौका दिदै ८ रन खर्च गरेका थिए । त्यस्तै दोस्रो समेत ८ रन खर्च गर्दा ४ चौका दिएका थिए । भने ब्याक्तिगत तेस्रो ओभरमा समेत ७ रन खर्च गरेका उनले ४ चौका दिएका थिए ।
यस अघी पर्थ स्टेडीयममा टस जितेर ब्याटिङ्ग गरेको हुरिकेन्सले निधारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार पारेको थियो ।
हुरिकेन्सका लागी डार्सी सर्टले सर्वाधिक ५४ रनको अर्धशतकिय पारी खेलेका थिए । १८ औं ओभरको चौथो बलमा आरोन हार्डीको बलमा कुर्टिस प्याटरसनको हातबाट क्याच आउट हुनु अघी उनले ४७ बलमा ७ चौकको मद्दतले ५४ रन बनाएका थिए
यस्तै हुरिकेन्सका लागी टिम डेविटले ३१ रन र कोलीन ईन्ग्रामले १८ रनको योगदान दिएका थिए ।
पर्थको बलिङ्गमा आरोन हार्डीले २ विकेट हात पारेका थिए ।
यो पनि पढ्नुहोस्ः गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी