महिला भलिबल टिमलाई ‘टिम अफ दि इयर’ को अवार्ड

ललितपुर । नेपाली राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ ।

मंगलबार ललितपुरको सातदोबाटोस्थित करातेको हलमा आयोजना भएको एनएसजेएफ ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो ।

महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।

नेपाली महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण जितेको थियो । भने घरेलु भुमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक जितेको थियो ।

अवार्ड प्राप्त गरेपछि बोल्दै टिमकी कप्तान अरुणा शाहीले एनएसजेएफलाई धन्यवाद दिए ।

यो पनि पढ्नुहोस्ः गीता र सिजरिन लाइफटाइम अचिभमेन्ट अवार्डबाट विभूषित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :