ललितपुर । तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।
मंगलबार ललितपुरको सातदोबाटोस्थित कराते हलमा आयोजना भएको अवार्ड कार्यक्रममा नविन उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् ।
नविनले घरेलु भुमिमा सम्पन्न १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल भएका थिए ।
सागमा कुल २९ जना खेलाडीहरु सहभागी हुँदा उनकै प्रशिक्षकमा सबै खेलाडीहरु पदक जितेका थिए ।
साथै उनले चाइनामा भएको ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा समेत नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
यो पनि पढ्नुहोस्ः मण्डेकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी