आयशा शाक्यले जितिन् स्पेशल अवार्ड

ललितपुर । तेक्वान्दोकी आयशा शाक्यले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा स्पेशल अवार्ड जितेकी छिन् ।

ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार आयोजना भएको स्पोर्टस् अवार्ड कार्यक्रममा आयशा शाक्य स्पेशल अवर्डबाट विभुषित भईन् ।

अवार्ड जित्दै आयशाले आफूलाई साच्चै नै विशेष भएको महसुस भएको बताईन् । एनएसजेएफ अवार्डले मेरो जिवनको यात्रालाई आफूले केही विशेष गरेको महसुस गराएको बताईन् ।

उनले अवार्ड विशेष गरी आफ्नो पति दिपक विष्टलाई समर्पण गर्ने उद्घोष गरिन् । आफ्नो दुई वटा छोरा र अभिभावक प्रति पनि उनले अवार्ड समर्पण गरिन् ।

शाक्य उत्कृष्ट महिला खेलाडी विधामा समेत मनोनयनमा परेकी थिइन् ।

आयशा १३ औं दक्षिण एसियाली खेलकुद (साग) दाहोरो स्वर्णधारी खेलाडी हुन् । उनले सागमा तेक्वान्दोमा दाहोरो स्वर्ण जितेकी थिईन् ।

उनले २९ वर्ष माथिको पुम्से विधा र संजिवकुमार ओझासँगको जोडी विधामा उनले स्वर्ण जितेकी हुन् ।

यो पनि पढ्नुहोस्ः  अरुणाले जितिन् पिपल्स च्वाइस अवार्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :