अरुणाले जितिन् पिपल्स च्वाइस अवार्ड

ललितपुर । भलिबलकी अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा पिपल्स् च्यवाइस अवार्ड जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार आयोजना भएको स्पोर्टस् अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड जितेका हुन् ।

अवार्ड जित्दै अरुणाले भोट गरेर आफूलाई जिताउने सबै शुभचिन्तक प्रति आभार ब्यक्त गरे ।

अरुणाले अवार्ड जित्ने क्रममा कुल मतको करिब ३८ प्रतिशत मत प्राप्त गरेकी हुन् ।

यस अवार्ड जित्ने क्रममा अरुणाले कराँतेका मन्देकाजि श्रेष्ठ,बास्केटबलकी सदिना श्रेष्ठ,फुटबलकी साबित्रा भण्डारी र पौडीकी गौरिका सिंहलाई पछि पारेका हुन् ।

अरुणा शाही नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान हुन् । सागको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको महिला भलिबल टोली दुई सेटको अग्रता बचाउन नसक्दा कास्य पदकमै सिमित रह्यो ।

नेपाली टिमलाई फाइनल पुर्याउनुमा कप्तान शाहीको भूमिका उल्लेखनीय थियो । त्यसअघि बंगलादेशको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउँदा शाहीले नै कप्तानी भूमिका निभाएकी थिइन् ।

यो पनि पढ्नुहोस्ः  मण्डेकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :