गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी

ललितपुर । पौडीकी गौरिका सिंह ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्न सफल भएकी छिन् ।

ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार आयोजना भएको स्पोर्टस् अवार्ड कार्यक्रममा गौरिकाले उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् ।

गौरिकाले यस विधामा अवार्ड जित्दा तेक्वान्दोकी आयशा शाक्य,कराँतेकी अनु अधिकारी,एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ्गलाई पछि पारिन् ।

पौडीवाज गौरीका सिंहले गत वर्ष घरेलु भूमिमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा चारवटा स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन् ।

१३ औं सागमा गौरिकाले फ्रिस्टाइल तथा २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिईन् । उनले अहिलेसम्म ४ स्वर्ण, २ रजत र २ कांस्य गरी कुल ८ पदक जितेकी थिईन् । यस्तै उनले आठौं राष्ट्रिय खेलकुदमा पनि सहभागी १२ वटै स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।

यो पनि पढ्नुहोस्ः  मण्डेकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :