ललितपुर । कराँतेका मण्डेकाजी श्रेष्ठ ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार आयोजना भएको स्पोर्टस् अवार्ड कार्यक्रममा मण्डेकाजी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।
मण्डेकाजीले १३ औं सागमा करातेका मण्डेकाजी श्रेष्ठले टिम काता र एकल काताबाट २ स्वर्ण पदक जितेर इतिहास रचेका थिए ।
उनले ८ औं राष्ट्रिय खेलकुदमा पनि टिम काताबाट एक स्वर्ण र एकलतर्फ रजत पदक जितेका थिए ।
यस्तै उनले बंगलादेशको ढाकामा सम्पन्न साफ च्याम्पियनसिप करातेमा टिम कातामा स्वर्ण जितेको थियो भने नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपको कातामा पनि रजत जितेको थियो ।
मण्डेले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्ने क्रममा गल्फका सुवास तामाङ, फुटबलका विबेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की र तेक्वान्दोका कमल श्रेष्ठलाई पछि पारेका हुन् ।
मण्डेले अवार्ड जित्ने क्रममा आफ्नो परिवार र सम्पूर्ण शुभचिन्तकहरु प्रति आभार पष््रकट गरे । उनले पिपल्स च्वाइस अवार्डमा आफू विजयी नभएपनि मत दिने सबैलाई धन्यबाद ब्यक्त गरे ।