म्यान यु पहिलो पटक शिर्ष स्थानमा

पोल पोग्बाको निर्णायक गोलमा म्यान्चेस्टर युनाइटेड यस सिजनको प्रिमियर लिगमा पहिलो पटक अंक तालिकाको शिर्ष स्थानमा उक्लन सफल भएको छ ।

मंगलबार राति बर्नलेको घरेलु मैदानमा सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले १–० गोल अन्तरको जित निकाल्दै शिर्ष स्थान कब्जा गरेको हो ।

म्यान युको पकड रहेको खेलमा घरेलु टोली बर्नलेले खेल अवधिभर एउटा पनि प्रहार पोष्ट तर्फ लक्षित गर्न सकेन ।

म्यान यु ले पनि पहिलो हाफमा गोलको अनेकन प्रयास गरेपनि सफल हुन सकेको थिएन ।

तर दोश्रो हाफमा मार्कश रासफोर्डको क्रसमा पाग्बाले सुन्दर भलि गोल गर्दै म्यान यु लाई १–० को जित दिलाए ।

जितसँगै म्यान युले १७औं चरणको खेलपछि शिर्ष स्थानमा तीन अंकको अग्रता कायम गरेको छ । म्यान यु को १७ खेलमा ३६ अंक भएको छ भने दोश्रो स्थानमा रहेको लिभरपुलको समान खेलमा ३३ अंक छ ।

यता हारको सामना गरेको बर्नले १६ खेलमा १६ अंकसहित १६औं स्थानमा छ ।

यो पनि पढ्नुहोस्ः वुल्भ्समाथि एभर्टनको जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :