वुल्भ्समाथि एभर्टनको जित

प्रिमियर लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा एभर्टनले वुल्भ्समाथि जित निकालेको छ ।

वुल्भसको घरेलु मैदानमा भएको खेलमा एभर्टनले वुल्भसमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।

एभर्टनको जितमा ईलेक्स इओबी र माइकल किनले एक एक गोल गरे भने वुल्भ्सका लागि रुबेन निभ्सले एक गोल फर्काएका थिए ।

खेलको पाँचौ मिनटमा इओबीले गोल गर्दे एभर्टनलाई शुरुवाती अग्रता दिलाए । यो उनको प्रिमियर लिगको ३८ खेलमा पहिलो गोल समेत हो । तर एभर्टनको यो अग्रता धेरे समय टिक्न सकेन ।

पछिल्लो ८ खेलमा दोश्रो जितको खोजिमा रहेको वुल्भसका लागि १४औं मिनटमा नौरीको असिस्टमा निभ्सले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

यसपछि ७७औं मिनटमा किन्सको गोलमा एभर्टनले खेलमा २–१ को जित सुनिशिच्त गर्याे ।

यससँगै यस सिजन छैठौ जित निकाल्दै एभर्टन चौथो स्थानमा उक्लिन सफल भएको छ । यस जितले एभर्टनको आगामी च्याम्पियन्स लिगको दौड कायम रहेको छ ।

चौथो स्थानमा पुगेको एभर्टनले १७ खेलमा ३२ अंक जोडेको छ । समान अंक रहेको लेस्टर सिटी गोल भिन्नताको आधारमा तेश्रो स्थानमा छ ।

यस्तै गएराति नै भएको खेलमा बर्नले माथि जित निकाल्दै म्यान्चेस्टर युनाइटेड शिर्ष स्थानमा उक्लिएको छ ।

यो पनि पढ्नुहोस्ः म्यान यु पहिलो पटक शिर्ष स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :