एट्लेटिको मजबुतिका साथ शिर्ष स्थानमा कायम

सेभियामाथि जित निकाल्दै एट्लेटिको मड्रिडले स्पेनिस लालिगाको अंक तालिकाको शिर्ष स्थानमा अंक दूरी बढाएको छ ।

मंगलबार राति घरेलु मैदानमा सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेभियामाथि २–० गोल अन्तरको जित निकालेको हो ।

खेलको १७औं मिनटमा १० महिनापछि टिममा फर्किएका काइरन ट्रिपीयरको पासमा एन्जेल कोर्रियाले गोल गर्दै एट्लेटिकोलाई शुरुवाती अग्रता दिलाए । यसै गोलको मद्दतमा एट्लेटिकोले पहिलो हाफमा १० को अग्रता समेत कायम गरेको थियो ।

यसपछि खेलको ७६औं मिनटमा सल निगेजले गोल गर्दै एट्लेटिकोको २–० गोल अन्तरको जित सुनिश्चित गरे ।

उसका स्टार स्ट्राइकर लुइस स्वारेजले पनि गोलको प्रयास गरेका थिए तर सेभियाका गोलकिपर बोनोले उनको प्रयास विफल बनाएका थिए ।

यस सिजन शानदार लयमा रहेको सेभियाको या पछिल्लो दश खेलमा पहिलो हार हो । १७ खेलमा ३० अंक रहेको सेभिया तालिकाको छैठौ स्थानमा छ ।

यता शिर्ष स्थानमा बलियो कब्जा जमाएको एट्लेटिकोले दोश्रो स्थानमा रहेको रियाल मड्रिडमाथि ४ अंकको दूरी कायम गरेको छ ।

एट्लेटिकोको १६ खेलमा ४१ अंक भएको छ भने रियालको १८ खेलमा ३७ अंक छ ।

यो पनि पढ्नुहोस्ः वुल्भ्समाथि एभर्टनको जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :