HIGHLIGHTS OF NSJF PULSAR SPORTS AWARD 2076

पौडीकी गौरिका सिंह र कराँतेका मण्डेकाजी श्रेष्ठ १७ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

१३ औं सागमा ४ स्वर्ण पदक विजेता गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्। गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

त्यस्तै, मण्डेकाजीले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड पाएका हुन् । मण्डेकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जितेका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । २०० मिटर फ्रि–स्टायल, २०० मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्ण पदक जितेकी थिइन् ।

त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्वीमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन् । त्यस्तै, २०७६ साल मै नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन् ।

यता, मण्डेकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए। आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए। गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए ।

एनएसजेएफ पल्सर स्पार्टस् अवार्डको हाइलाईट्स हेर्न यहाँ क्लिक गर्नुहोस्ः HIGHLIGHTS OF NSJF PULSAR SPORTS AWARD 2076

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :