प्रदेश दुईका २४ जना खेलाडी बन्द प्रशिक्षणमा

प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश दुई क्रिकेट संघले २४ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

प्रदेश दुईले प्रधानमन्त्री कपका लागि सुरज प्रसाद कुर्मिको कप्तानीमा २४ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

टिमको उप कप्तानीको जेम्मेवारी राहुल प्रताप सिंहलाई दिईएको छ । यस्तै अन्य खेलाडीहरुमा हरिशंकर शाह, आशिष झा, सुधिर चौधरी, रवि सिंह, अरनिको यादव, हिमांसु दत्त, तिर्थराज दास, बिशाल सुश्लिंग, रवि साह, बिवेक यादव, समिर नेपाल, अलफाज मंसुरी, नसुरुदिन अंसारी, डब्लु मल्लिक, मेहबुब आलम, दिव्यान्सु मल्लिक, गुलशन झा, सैफुल्ला अंसारी, कुमार थापा र प्रदिप पासवान ।

माघ २ देखी १७ गते सम्म आयोजना हुने पुरुष प्रधानमन्त्री कप क्रिकेट, टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना गरिने छ ।

प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।

यो पनि पढ्नुहोस्ः पीएचसीए खुला सूर्योदय बास्केटबल भोलिबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :