शेफिल्ड युनाइटेडले जारी संस्करणको ईङ्गलीस प्रिमियर लिगमा पहिलो जित हात परेको छ । मंगलबार राती सम्पन्न खेलमा न्यु क्यासललाई १–० गोल अन्तरले पराजित गर्दै शेफिल्डले यस सिजन पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा आफ्नो १८ औं खेल खेल्ने क्रममा न्यु क्यासलमाथि १–० को जित निकाल्दै शेफिल्डले प्रिमियर लिगमा पहिलो जित निकालेहो हो ।
१० जनामा सिमित न्यु क्यासललाई जित दिलाउन बिली सार्पले गोल गरे ।
पहिलो हाफको अन्तिम मिनटमा रायन फ्रेसरले रातो कार्ड पाउदै मैदान बहिरिदा न्यु क्यास १० खेलाडीमा सिमित भएको थियो ।
पहिलो हाफ गोल रहित बराबरीम सकिदा शेफिल्डलाई पहिलो जित दिलाउन बिली सार्पले खेलको १७ औं मिनटमा गोल गरे । उनले पेनाल्टी मार्फत गरेको गोलनै खेलको निर्णायक गोल सावित भयो ।
जारी प्रिमियर लिगमा पहिलो जित हात परेको शेफिल्ड लिग तालिकाको पुछारमा छ । १८ खेलमा १ मात्र जित निकालेको उस्ले ५ अंक जोडेको छ ।
यस्तै पराजित न्यु क्यासल तालिकाको १५ औं स्थामा छ । १७ खेलमा ५ जित र ८ हारको सामना गरेको न्यु क्यासलले १९ अंक जोडेको छ ।