मिलान कोपा इटालिय फुटबलको क्वाटरफाईनलमा

एसी मिलान कोपा इटालिय फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा टोरिनोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मिलानले क्वाटरफाईनलमा स्थान बनाएको हो ।

१० खेलाडीमा समेटिएको मिलान घरेलु मैदानमा निर्धारित र थप गरिएको समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

एसी मिलानले टोरिनोलाई पेनाल्टी सुटआउटमा ५(४ गोल अन्तरले पराजित गरेको हो ।

पेनाल्टीमा फ्रान्क केस्सी, थियो हर्नान्डेज,सान्ड्रो टोनाली, एलिस्सियो रोमाग्नोली र हाकनले गोल गरे ।

टोरिनोका आन्द्रे बेलोट्टी, सासा, ल्यान्को र भान्जा साभिकले गोल गरे भने थोमस रिनकोन भने गोल गर्न असफल भए ।

एसी मिलानका जियानलुगीले ७३ औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो पनि पढ्नुहोस्ः प्रीमियर लिगमा म्यानचेस्टर सिटी र ब्राइटन प्रतिस्पर्धा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :