स्पेशल अवार्ड मेरा लागी धेरै स्पेशल: सन्तोषी श्रेष्ठ

सुवास रोकाया

नेपालमा सत्तरी बर्ष पुरानो ईतिहास बोकेको एथ्लेटिक्समा कुनै महिला खेलाडीहरुले स्वर्ण पदक जितेका थिएनन् । यसै जितको खडेरीलाई तोडिन् सन्तोषी श्रेष्ठले ।

घरेलु मैदानमा २०७६ मा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा सन्तोषीले १० हजार मिटर एथ्लेटिक्समा स्वर्ण पदक जित्दै एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन् ।

उनको यसै उपलब्धी र एैतिकासिक स्वर्णले दिलायो उनलाई ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को स्पेशल अवार्ड ।

काठमाण्डौ पोखरा र जनकपुरमा सम्पन्न १३ औं सागमा नेपालले ५१ स्वर्ण ६० रजत र ९५ कास्य पदक जितेको थियो । तर सबै भन्दा वजनदार र विषेश थियो एथ्लेटिक्समा सन्तोषीले जितेको स्वर्ण । दक्षिण एशियाली क्षेत्रमा अन्य खेलहरुमा राम्रो हैसियत बनाएको नेपालले एथ्लेटिक्समा भने सधै निरास बनाउदै आएको थियो । तर सन्तोषीले सत्तरी बर्षको निराशालाई १७ मंसिर २०७६, मंगलबार का दिन उत्साह , हर्ष र उल्लासमा परिणत गराई दिईन् ।

श्रीलंका र भारतका विश्व प्रसिद्ध धावकहरुलाई पछि पार्दै उनले नेपाललाई एथ्लेटिक्सको पहिलो स्वर्ण दिलाईन् । सन्तोषीले श्रीलंकाकी हिरोनीकेसारा र भारतकी विश्व प्रसिद्ध धाविका कविता यादवलाई मात्र सेकेण्डले पछि पार्दै स्वर्ण चुमेकी थिईन् ।

अन्तिम समयको अन्तिम सेकेण्डमा नतिजा आफ्नो पक्षमा पार्न सफल सन्तोषीले १० हजार मिटरको दौड ३५ मिनेट ७.९४ सेकेण्डमा पुरा गरेकी थिईन् ।

सन्तोषीले हचुवाको भरमा ईतिहास रच्न सफल भएकी होईनन् यसको पछि उनको अथक प्रयास र मिहिनेत छ । लगातार दुई बर्ष सम्मको मिहिनेत, खेलप्रतिको सर्मपण, त्याग , आत्माविश्वास, लगनशिलता र दृढताले उनलाई यो मुकाम सम्म पुर्याएको हो ।

ऐतिहासिक स्वर्ण जितेपछि सन्तोषीले भनेकी थिईन्, ‘ मैले यस पदकका लागी निकै मिहिनेत गरेकी थिए र यसको परिणाम समेत मेरै पक्षमा आएको छ । म खुशी छु’ ।

सन्तोषीले यस स्वर्णलाई आफ्नो परिक्षाको रुपमा लिएकी थिईन् । उनले अरुलाई खुशी बनाउनुभन्दा आफ्नो क्षमता र आत्मविश्वाशको परिक्षा लिएकी थिईन् ।

‘ मैले अरुको वाह वाही पाउन दौडेको होईन । म आफ्नो आत्माविश्वाश बढाउन र आफुलाई चिन्न यस क्षेत्रमा प्रवेश गरेकी हु । मैले अन्तिम समयमा गरेको क्विक रेस्पोन्सले मलाई पदक दिलाएको हो,’ स्वर्ण जितेपछि सन्तोषीले भनेकी थिईन ।

उनले यस सम्मानले आफुलाई अझै सशक्त, उर्जावान र आत्माविश्वासी गौरवान्वित बनाएको बताईन् ।

सन्तोषीले भनिन्, ‘ स्पेशल अवार्ड मेरा लागी धेरै स्पेशल छ यस्ले मलाई अझै सशक्त, उर्नावान, आत्माविश्वासी र गौरवान्वित बनाएको छ । मान्छेले आफ्नो सान बडाउन नाँक र छाती फुलाउने गर्दछन् । यस अवार्डले मेरो छाती फुलेको छ ।। म अझै देशका लागी खेल्ने छु । तपाईहरुको साथ सहयोग,हौसला र मायाका लागी धेरै धन्यवाद ’ ।

सन्तोषी अझ अरु भन्दा पृथक छिन् । उनले आफुले प्राप्त गरेको पदकलाई शिक्षाको जलप लगाएकी छन् । उनको जिन्दगीको एक मात्र उद्देश्य खेलकुद क्षेत्रलाई शिक्षासँगै जोडेर अघि लैजानु हो ।

स्पेशल अवार्ड ग्रहण गर्दै सन्तोषीले भनिन्, ‘ खेलकुद क्षेत्र र शिक्षालाई सधै सँगै जोडेर लैजानु आजको आवश्यकता हो । हाम्रो जस्तो देशमा त झन यसको अझै आवश्यकता छ । म मरो स्वर्ण पदक र स्पेशल अवार्ड खेलकुद क्षेत्रलाई शिक्षासँगै जोडेर अघि बढाउन खोज्ने सबैलाई समर्पण गर्न चाहन्छु ।’

सन्तोषी खेल क्षेत्रलाई मात्र हाईन समाजसेवालाई समेत आफ्नो कार्य क्षेत्र सेवा मान्ने गर्छिन् । उनी महिला सशक्तिकरणको समर्थन गर्दै हाम्रो समाजमा ब्याप्त लैङगिक असमानताको विराधमा आफुलाई उभ्याउँदै लड्न चाहन्छिन् । ।

स्पेशल अवार्ड ग्रणग गर्ने क्रममा महिलाहरुलाई पुरुष सरह अवसरको आवस्यता रहेको जिकिर गर्दै उनले भनिन् ‘ म यस स्पेशल अवार्ड लाई ति नारीहरुलाई समपर्ण गर्न चहान्छु जो क्षमतावान भएर पनी अवसरहरुबाट बन्चित छन र जस्ले अवसर पाएर आफुलाई प्रमाणित गर्न सकेका छैनन् ’ ।

‘ महिला सशक्तिकरण आधुनिक समाजको आवस्यकता हो । यदी तपाई अवसरहरुबाट बन्चित हुनु हुन्छ भने आफ्नो अधिकारका लागी लड्नुहोस र यदि तपाईले अवसर प्राप्त गर्नु भएको छ भने मिहिनेत गर्नुहोस र धैर्यवान बन्नुहोस एक दिन तपाईले सफलताको शिखर चुम्नु हुने छ ’ । सन्तोषीले थपिन् ।

उनले स्पेशल अवार्ड आफ्ना प्रशिक्षक, परिवारका सदस्यहरु, सबै खेलका खेलाडीहरु नेपाली खेल समर्थकहरु, खेल संघ, महिला सशक्तिकरणका लागी कार्यरत संघ संस्थाहरु र सबै खेल पत्रकारहरुलाई समर्पण गरिन् ।

सन्तोषीसँग अधभुत र अविश्वसनीय क्षमता छ । उनलाई आवस्यकता छ त केवल प्रेरणा, साथ, सहयायात्रा र सही मार्गनिर्देशन को । उनको खेल जिवनमा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ ले एक उर्जावान अध्याय थपिदिएको छ।

यो पनि पढ्नुहोस्ः गौरिका र मण्डेकाजी वर्ष उत्कृष्ट खेलाडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :