ईङ्गल्याण्डबिरुद्धको घरेलु टेस्ट श्रृंखलाका लागी श्रीलंका क्रिकेट बोर्डले २२ सदस्यीय टोली घोषणा गरेको छ । बोर्डले डिमुथ करुणरत्नेको कप्तानीमा बुधबार २२ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्युजले पुनः आगमन गरेका छन् । यस अघी दक्षिण अफ्रिकाविरुद्धको टेस्ट टिममा परेपनी घरेलु टी २० प्रतियोगिताका दैरान ह्यामस्ट्रिङ ईन्ज्युरी सिकार भएका उनी टिमबाट बाहिरीएका थिए ।
घरेलु टोलीले नुवान प्रदीपलाई टिमा फिर्ता बोलाएको छ यस्तै रोशन सिल्वा, लखन सान्डाकन र रामेश मेन्डिस टिममा परेका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको टेस्ट श्रृंखलामा टिम बाहिर रहेका धनन्जया डि सिल्भा, कासुन राजिता, सन्थुश गुणथिलाके र दिलशान मदुशंकालाई समेत बोर्डले अन्तिम २२ मा स्थान दिएको छ ।
दुई देश बिचको दुई खेलको टेस्ट श्रृंखला बिहीबार (जनवरी १४) बाट सुरु हुने छ ।
ईङ्गल्याण्डबिरुद्धको घरेलु टेस्ट श्रृंखलाका लागी श्रीलंका टोली
दिमुथ करुणरत्ने (कप्तान), कुसल जेनिथ परेरा, दिनेश चण्डीमल, कुसल मेण्डिस, एन्जेलो मैथ्युज, ओशादा फर्नाण्डो, निरोशन डिकवेला, मिनोद भानुका, लाहिरू थिरिमाने, लसिथ एम्बुल्डेनिया, वनिन्दु हसरंगा, दिलनुमा परेरा, सुरणकुमार , दुश्मन्था चमेरा, दासुन शनाका, असिता फर्नाण्डो, रोशन सिल्वा, लखन सन्डाकन, नुवान प्रदीप र रमेश मेण्डिस ।