फ्रान्सेली सुपर कपको उपाधिका लागि पीएसजीले मार्सेलीसँग प्रतिस्पर्धा गर्दै

फ्रान्सेली सुपर कपको सर्वाधिक विजेता पीएसजीले आज राति सुपर कपको उपाधिका लागि मार्सेलीसँग प्रतिस्पर्धा गर्दैछ ।

२०१३ देखि सुपर कपको लगातार बिजेता पीएसजीले आज राति हुने खेलमा मार्सेलीलाई हराउदै १० औं पटक उपाधि जित्ने दाउमा रहेको छ । यसअघि पीएसजीले १९९५ र १९९८ मा उपाधि जितेको थियो ।

एङकल इन्ज्युरीका कारण झन्डै एक महिनादेखि मैदान बाहिर रहेका नेयमार सोमबारदेखि टोलीको प्रशिक्षणमा समेत सामेल भएका छन् ।

मार्सेली विरुद्धको आजको खेलमा नेयमार चोटबाट मुक्त हुँदै खेलमा पूनरागमन गर्न सक्ने सम्भावना रहेको छ ।

पीएसजीको टोलीमा एन्जल डि मारिया, मार्किन्हस, मोइस किन, मार्काे भेराट्टी, केलर नाभास, प्रेसनेल किमपेम्वे, लेभिन कुर्जाभा, केलियन एमबाप्पे, र ड्यानियल पारेडेस आजको खेलमा सामेल हुनेछन् ।

मार्सेली आजको खेलमा पीएसजीलाई हराउँदै सुपर कपको उपाधि जित्ने लक्ष्यमा हुनेछ । मार्सेलीसँग हिरोकी साकाई, डारियो बेनेडेट्टो, फ्लोरियल थाउभिन, युटो नागाटोमो, अल्भारो गोन्जालेज, डिमिट्रि पायट र स्टिभ मानडान्डा आजको खेलमा सामेल हुनेछन् ।

पीएसजी र मार्सेली बिचको २५ खेलमा १८ खेलमा पीएसजीले बाजि मार्दा मार्सेली ३ खेलमा विजयी भएको छ । यसरि सरसर्ति हेर्दा आजको खेलमा पनि पीएसजी हाबि हुने देखिन्छ ।

पीएसजी र मार्सेली बिचको खेल नेपालि समय अनुसार आज राति १ः४५ बजे बोल्लाअर्ट मैदान लेन्समा हुनेछ ।

यो पनि पढ्नुहोस्ः प्रीमियर लिगमा म्यानचेस्टर सिटी र ब्राइटन प्रतिस्पर्धा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :