अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथलाई क्रिज बिगारेको आरोप

अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले सिड्नी टेस्टको अन्तिम दिन भारतले ब्याटिङ गरिरहँदा जानाजान क्रिज बिगारेको आरोप लागेको छ ।

भारतले ब्याटिङ गरिरहँदा जानाजान क्रिज बिगारेको आरोपमा अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ विवादमा तानिएका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान समेत रहेका स्मिथले अन्तिम दिनको ड्रिङ्क्स ब्रेकका दौरान क्रिजमा बुटले कोतरिरहेको देखिएको थियो ।

स्मिथले कुनै खराब नियत नभएको बताउँदै आरोपले आफूलाई दुःखी बनाएको प्रतिक्रिया दिएका छन् ।

स्टम्टमा जडान गरिएको क्यामेरामा उनले बुटले पिच कोतरेको देखिएको थियो । स्मिथलाई जानाजान भारतीय ब्याट्सम्यानले ब्याटिङका लागि बनाएको संकेत मेटाएको आरोप लगाएका थिए । सो आरोपको स्मिथले अस्वीकार गरेका छन् ।

उनले न्यूज कर्पसँग कुरा गर्दै भनेका छन्,‘म हामीले गरेको बलिङ कहाँ लागिरहेको छ भन्ने कुरा हेरिरहेको थिए। मैले हाम्रो बलिङ भारतीय ब्याट्सम्यानले कसरी सामना गरिरहेका छन् भन्ने जाँच गरिहरेको थिए यो मेरो बानी हो यस्तै मैले केन्द्रलाई मार्क पनि गरिरहेको थिए’ ।

उनले अघि भनेका छन्,’सिड्नी टेस्टको अन्तिम दिन भारतीय ब्याट्सम्यानले सानदार प्रदर्शन गरे। तर यो घटनाको चर्चा बढि छ यो निराशाजनक छ’ ।

यसअघि अस्ट्रेलियाका कप्तान टिम पेनले पनि स्टिथको बचाउ गरेका थिए । पिनले भारतीय ब्याट्सम्यानले राखेको संकेत स्मिथले नबिगरेको बताएका थिए ।

तर पनि यो विषय समाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । कतिपयले स्मिथको चर्को आलोचना गरेका थिए ।

सिड्नी टेस्टको अन्तिम दिन भारतीय ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्दा खेल बराबरीमा सकिएको थियो ।

सिरिजको निर्णायक चौथो टेस्ट शुक्रबारदेखि ब्रिसबेनमा सुरु हुँदैछ ।

यसअघि सन् २०१८ मा बल टेम्परिङ विवाद काण्डमा मुछिएपछि स्मिथलाई कप्तानबाट हटाउँदै प्रतिबन्ध समेत लगाइएको थियो ।

यो पनि पढ्नुहोस्ः ईङ्गल्याण्डबिरुद्धको टेस्टका लागी श्रीलंका टोली घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :